युट्युवबाट कसरी पैसा कमाउने

काठमाडौँ, ९ भदौ । तपाईले मानिसहरुले युट्युवबाट नियमित पैसा कमाइरहेको कथाहरु सुन्नुभएको होला र सोच्नु पनि भएको होला म पनि यसरी पैसा कमाउन सक्छु । हजारौं डलर कमाउने कुरा यथार्थमा सजिलो छैन् त्यसको लागि मेहनत पनि धेरै पर्छ ।

 

तपाईले छिटै पैसा कमाउन त सक्नुहुन्छ तर विशेष गरि तपाईको बलियो सब्स्क्राइबर बेस हुनुपर्छ । तपाईलाई युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने बारेमा जिज्ञासा हुन सक्छ त्यसैले हामीआज यो प्याकेजमा तपाईलाई युट्युवबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने बारेमा कुरा गर्छौं । तपाईले यो गाइड अनुसार आफ्नो भिडियोहरु मनिटाइज गरेर आफुले युट्युव विज्ञापनबाट पैसा कमाउन सक्नुहुन्छ ।

 

१। आफ्नै एउटा युट्यव च्यानल बनाउनुहोस

तपाईको च्यानलनै युट्युवमा तपाईको व्यक्तिगत उपस्थिती हो । प्रत्येक युट्युव एकाउन्टमा एउटा च्यानल जोडिएको हुन्छ । युट्युव एकाउन्ट गुगल एकाउन्ट जस्तै हो र युट्युव एकाउन्टले तपाईलाई अरु गुगल प्रोडक्टहरु जिमेल र ड्राइभमा पनि पहँुच दिनेछ ।

आफ्नो नयाँ एकाउण्ट बनाउनुहोस वा पहिले भएकै एकाउन्ट प्रयोग गर्नुहोस । मानिसहरुले सजिलोसँग तपाईको युट्युव च्यानल खोज्न सजिलो बनाउनको लागि किओर्डहरु थप्नुहोस । यो कुरा ख्याल गर्नुहोस कि तपाईको किओर्ड तपाईको कन्टेन्ट अनुसारका छन् ।

तपाईको युजर नेमले पनि तपाईलाई फाइदा वा बेफाइदा दुवै पुर्याउन सक्छ । यदि तपाईको युजर नेम छोटो छ भने सबैले तपाईको च्यानललाई झट्टै सम्झन सक्छन् ।

 

२। कन्टेन्ट राख्नुहोस

उच्च गुणस्तरको र धेरै लामो नभएको भिडियोहरु राख्नुहोस । यस विकल्पमा तपाईले कस्तो खालको कनटेन्ट राख्ने निर्णय गर्नुभएको छ त्यसमा फरक पर्न सक्छ । नियमित रुपमा भिडियो अपलोड गर्ने गर्नुहोस् ।

तपाईको सुरुवाती कन्टेन्ट धेरै राम्रो छैन् भने पनि यसलाई नियमित गर्नुहोस । तपाईलाई अभ्यासले नै सिपालु बनाँउछ । तपाई प्रत्येक पटक पहिलेको भन्दा राम्रो भिडियो बनाउे प्रयास गर्नुहोस् । गर्दै जाँदा तपाईले सिक्दै जानुहुन्छ ।

आफ्नो कन्टेन्ट राम्रो बनाउनको लागि राम्रो क्यामेरा र उत्कृष्ट एडिटिङ सफ्टवेयरहरु र प्रविधिहरु प्रयोग गर्नुहोस । ट्राइपोड प्रयोग गरेर राम्रो भिडियो खिच्न सक्नुहुन्छ तपाईले आफ्नो भिडियोको सिनहरु राम्रो बनाउनको लागि आफ्ना साथीहरुको सहयोग लिनपनि सक्नुहुन्छ ।

नियमित भिडियोहरु अपलोड गरेर तपाईले आफ्नो दर्शकहरुलाई होल्ड गरेर राख्न सक्नुहुन्छ । तपाईले नियमित तालिकाअनुसार भिडियो अपलोड गर्न थाल्नुभयो भने मात्रै मानिसहरुले तपाईको च्यानल सब्स्क्राइब गर्दै जान्छन् ।

आफ्नो भिडियोहरुमा किओर्डहरु राखेर ट्यागगर्न नबिर्सनुहोस र त्यसको लोभलाग्दो व्याख्या पनि गर्नुहोस् त्यसले तपाईको भिडियोलाई युट्युव सर्चमा देखाउन सजिलो बनाँउछ ।

 

३। आफ्नो अडियन्स प्राप्त गर्नुहोस् युट्युवबाट पैसा कमाउनको लागि पहिले आफुले दर्शक वा अडियन्स धेरै बनाउन सक्नुपर्छ ।

तपाईले त्यसबाट पैसा कमाउनको लागि मानिसहरुले तपाईको भिडियोमा आउने विज्ञापन हेर्ने हुन पर्छ । तपाईले धेरै सब्स्क्राइबर पाउनको लागि र आफ्नो भिडियो धेरैले हेर्ने बनाउनको लागि तपाईले राम्रो कन्टेन्ट राख्नुभन्दा अर्को कुनै तरिका छैन् ।

नियमित राम्रा राम्रा भिडियोहरु अपलोड गर्नुहोस र मानिसहरुलाई तपाईको भिडियोहरु नियमित हेर्ने बनाउनुहोस् । आफ्नो भिडियोको लिंक फेसबुक, ट्विटरमापनि सेयर गर्नुहोस् ।

आफ्नो दर्शकहरुसँग कमेन्टमा अन्तत्र्रिmया गर्नुहोस् र आफ्नो दर्शकहरुलाई सिधै सम्बोधन गरेर भिडियोहरु बनाउनुहोस । त्यसले आफ्नो सब्स्क्राइबरहरुलाई झनै नजिक ल्याँउछ ।

 

 

४। आफ्नो भिडियोहरु मनिटाइज गर्नुहोस्

आफ्नो भिडियोबाट पैसा कमाउनको लागि तपाईले मनिटाइजेसनलाई इनेबल गर्नुपर्छ । यसको अर्थ हुन्छ तपाईले आफ्नो भिडियोमा युट्युवलाई विज्ञापन राख्ने अनुमति दिनुहुनछ । यसको अर्थ यो पनि हुन्छ कि तपाईको भिडियोमा अरुकै कपिराइट भएका सामग्री छैनन् भन्ने हुन्छ ।

त्यसपछि टप बारमा भएको भिडियो म्यानेजर नामको लिंक क्लिक गर्नुहोस्

च्यानल क्लिक गरेर मनिटाइजेसन् इनेबल गर्नुहोस् ।

 

 

५। कम्तीमा पनि १० हजार भ्यु प्राप्त भएपछि मात्रै तपाईले पैसा कमाउन थाल्नुहुन्छ ।

तपाईले भिडियो अपलोड गर्नासाथ मनिटाइज ट्यावमा क्लिक गरेर मनिटाइज गर्न सक्नुहुन्छ । भिडियो अपलोड भएपछि मनिटाइज गर्नको लागि तपाईले भिडियो म्यानेजर खोलेर त्यसमा डलरको साइन आउँछ त्यसमा क्लिक गर्नुपर्छ । त्यसपछि मनिटाइज विथ एड्स बक्स चेक गर्नुहोस् ।

 

 

६। गुगल एडसेन्स सेट गर्नुहोस् तपाईले सितैमा गुगल एडसेन्स सेट गर्न सक्नुहुन्छ ।

 

यसको लागि तपाईले आफ्नो एकाउन्ट बनाएपछि साइन अप क्लिक गर्नुहोस् आफ्नो एकाउन्ट बनाउनको लागि तपाई १८ वर्ष पुरा भएको हुनुपर्छ । यदि तपाई त्यो भन्दा कम उमेरको हुनुहुन्छ भने आफ्नो अभिभावकको सहयोग लिन सक्नुहुन्छ ।

तपाईलाई पेपालवा बैंक एकाउन्ट को आवश्यकता पर्छ र वैध मेल एड्रेस चाहिन्छ । त्यसपछि मात्रै एडसेन्सले तपाईको को हो भनेर पहिचान र पुष्टि गर्न सक्छ र तपाईलाई पैसा पठाउँछ । तपाईले एड क्लिकअनुसार पैसा पाउनुहुन्छ त्यसैले तपाईलाई धेरै अडियन्स र धेरै भ्यु जरुरी हुन्छ ।

 

 

७। आफ्नो एनालाइटिक्स चेकगर्नुहोस्

आफ्नो केही भिडियो अनलाइन भएर मनिटाइज भएपछि तपाईले त्यसलाई एनालाीटिक्सबाट चेक गर्न सक्नुुहन्छ र उनीहरुको प्रर्दशन कस्तो छ भन्ने जानकारी लिन सक्नुहुन्छ । यहाँतपाईले अनुमानित कमाइ र त्यसको प्रदर्शन, भिडियो कति दर्शकले हेरे भन्ने जस्ता जानकारीहरु पाउन सक्नुहुन्छ ।

 

 

८। आफ्नो भिडियो जताततै मार्केटिङ गर्नुहोस

आफ्नो भिडियो युट्युवमा मात्रै नराख्नुहोस । ब्लग सुरु गर्नुहोस्, वेवसाइट बनाएर त्यसमा राख्नुहोस वा आफ्नो फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा पोस्ट सेयर गर्नुहोस् । लिंक सेयर गर्ने र इन्टरनेटमा भिडियो इम्बेड गर्ने गर्नाले धेरैले तपाईको भिडियो हेर्ने चान्स बढाँउछ ।

 

 

९। युट्युवको पार्टनर बन्नुहोस

युट्युव पार्टनरहरु युट्युव मेम्बरहरु हुन जसले धेरै ठूलो दर्शक सङ्ख्या सहित आफ्नो भिडियोहरु मनिटाइज गरेका हुन्छन् । पार्टनरले आफ्नो कन्टेन्ट अझै राम्रो बनाउने टुल्सहरु र भ्युअर्सको सङ्ख्याअनुसार विभिन्न पुरस्कारहरु पनि प्राप्त गर्न सक्नुहुन्छ । पार्टनरहरुले धेरै कम्युनिटी सपोर्ट र टिप्सहरुमा पनि पहुँचप्राप्त गर्छन् ।


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 1 hour ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 1 hour ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 1 hour ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।