Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनहिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’


काठमाडौँ। बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ यहि जेठ १२ गतेबाट देशभर प्रदर्शन हुँदैछ। हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ।

चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ। ‘टुल्की’ चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो।

चलचित्रको निर्देशन देवजङ्ग थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन्। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन्।

चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ। चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ।

चलचित्र ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार

‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ

सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई

‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि

पूजा शर्माको आकस्मिक शल्यक्रिया

काठमाडौँ । अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ । उनको मेडिसिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । सामाजिक सञ्जालमा

डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक

काठमाडौँ । डा. अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका

Techie IT