IIMS College

ISMT

HUB Education

क्यान्सर पिडित मोनिकाको उपचारमा आर्थिक समस्या (भिडियो सहित)

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गोरखा । गोरखा नगरपालिका वडा नमबर २ कोखे आहालेकि १२ बर्षिया मोनिका रानाको उपचारमा आर्थिक समस्या भएको छ । एक बर्षअघि ब्रेन ट्युमरको अप्रेशन गरेकी मोनिका हाल बोन क्यान्सर रोगबाट पिडित भएकी छिन् । तिन बर्ष अघि बुवाको मृत्यु भएपछि उनि आमाको संरक्षणमा बस्दै आएकी थिइन । तर आमा र घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उनको उपचारमा संकट आइपरेको पारिवारिक स्रोतको भनाई छ ।

 

एक बर्षअघि नजिकका केहि नातेदारको आर्थिक सहयोगमा उनको अप्रेशन गरिएको थियो तर एक बर्ष नबित्दै झनै ठूलो रोगले समातेपछि मोनिकाको उपचार कसरी गराउने भन्ने चिन्ता अहिले उनको परिवारमा छ । ‘उनकी आमा गाँउमै बस्नुहुन्छ, अहिले उनको गाँउमा उपचार सम्भव पनि छैन, उनलाई रेखदेख गरिदिने अरु कोहि भएनन्, अहिले काठमाण्डौमा ल्याएर मैले उपचार गराइराखेकी छु’ उनका ठूलो बुबा पदमबहादुर थापाले भने ‘सानो उपचार होइन, डाक्टरले उपचारमा पैसा धेरै लाग्छ भनेका छन् ।’

 

अहिले उनको आँखा पनि डेढो हुदै गएको र कपाल पनि झर्दै गएको उनको भनाई छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी मोनिकाको उपचारमा आर्थिक संकट परेको ठूलोबुबा थापा बताउछन् । ‘अहिलेसम्म त जेनतेन भइरहेको थियो, अब कसरी उपचार गराउने हो थाहा छैन, उनका बुवा पनि छैनन, आमाको कुनै आर्थिक स्रोत छैन’ थापाले भने ‘यहाँ (काठमाण्डौ) मा पनि अरु कोहि आफन्त छैनन्, सबै रेखदेख मैले नै गरिरहेको छु, तर अब उनको उपचार कसरी गर्ने ठूलो समस्या देखेको छु’

 

हाल नियमित थेरापी गराइरहेकी मोनिकाको एक पटकमा ७ देखि १० हजार खर्च भइरहेको थापाको भनाई छ । ‘महिनामा ३÷४ पटक थेरापी गराउनुपर्छ, एक पटकको झण्डै ८÷१० हजार लाग्छ, अब कसरी पैसा जुटाउने थाहा छैन ।’ 

 

मोनिकाको यस्तो अवस्था थाहा पाएपछि हाल कोखे समाज काठमाण्डौले उनको उपचारका लागि रकम जुटाउन पहल गर्ने बताएको छ । ‘हामीलाई पहिला थाहा थिएन, थाहा पाएपछि म आफै भेट्न गए, सबैकुरा बुझै, साह्रै नाजुक अवस्था रहेछ’ समाजका बरिष्ठ उपाध्यक्ष रामचन्द्र आलले भने ‘उनको उपचार जसरी पनि गर्नैपर्छ, हामी पनि पहल गर्छौ ।’

 

मोनिकाको जीवन रक्षाका लागि कोखे समाज र उनका ठुलोबुबा पदमबहादुर थापाले आर्थिक सहयोगको आव्हान समेत गरेका छन् ।

 

 

फोटो÷भिडियोः रामचन्द्र आले (बाबु)


थप समाचार

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

  • 6 minutes ago
यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुन् । उनले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् । हाल उनी लण्डनको ह्यारोमा बसोबास गर्दै र्आकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

  • 17 minutes ago
कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

एजेन्सी । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको मृत्यु खबर बाहिर आएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका ४३ वर्षिय निमा तेम्बा शेर्पाको मृत्यु भएको छ ।

क्वारेन्टाइन अभियान नाट्य महोत्सवमा आज दुई नाटक प्रशारण हुँदै

  • 31 minutes ago
क्वारेन्टाइन अभियान नाट्य महोत्सवमा आज दुई नाटक प्रशारण हुँदै

काठमाडौँ । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ अन्तर्गत आज दुई नाटकहरु प्रशारण हुने भएको छ । महोत्सवको चौधौं दिन आज हाँस्यव्यङ्ग्य विधाको नाटक ‘अंधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’ प्रशारण हुन लाग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।