काठमाडौँमा मोनोरेल सञ्चालन सम्भाव्यता अध्ययनको जिम्मा ‘चाइना रेल वे’ लाई

  • शनिबार, १२ जेष्ठ, २०७५
  • 8 months ago
  • नेपाल

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ । 

 

कामपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएपछि अध्ययनको काम रेल वेलाई दिइएको हो । 

 

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोे रेल सञ्चालन गर्ने प्रतिबद्धता दोहो¥याउनु भयो । उहाँले भन्नुयो, “मोनो रेल चलाउँछौँ भनेकै एक वर्ष भइसक्यो, विधि मिलेपछि काम गर्ने बाटो खुल्छ, काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यही दिशामा लक्षित छौँ ।” 

 

सोही अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू महानगरवासीलाई सरल जीवनयापन गर्ने सुविधाको, सुन्दर उपहार दिन लागिरहेको बताए । 

 

 

सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख, महेश काफ्लेले मोनो रेल निर्माण, व्यवस्थापन तथा सञ्चालन कार्यले काठमाडौँसँगै ललितपुर महानगरको समृद्धिसँग पनि उत्तिकै सम्बन्ध राख्ने बताए । 

 

सम्झौता पत्रमा हस्ताक्षर गरिसकेपछि आफू काठमाडौँको शहरी यातायात व्यवस्थापनमा थप जिम्मेबार भएको बताउँदै कम्पनीका महाप्रबन्धक होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको जनाए । 

 

सम्झौताअनुसार, पहिलो महिना अध्ययन आधार तयार गरेर थालनी हुने सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिनुपर्नेछ । 

 

महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल वेले गत वैशाख २० गते महानगरमा इच्छापत्र बुझाएको थियो । 

 

यसको आधारमा महानगरको वैशाख २४ गतेको प्रमुख स्तरीय निर्णयबाट आज रेल वे कम्पनीसँग सम्झौता गरको हो । यस सम्झौताअनुसार रेल वे कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिश गर्नेछ । 

 


थप समाचार

उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

  • 16 minutes ago
उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुन

अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

  • 18 minutes ago
अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

  • 20 minutes ago
अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्ज



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।