चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण, चीनलाई नासाको बधाई

Education Park

बेइजिङ। चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ।

 

चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो।

 

यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट चन्द्रमाको एउटा छेउ मात्र देखिन्छ। पृथ्वीबाट नदेखिने क्षेत्रलाई ‘अन्धकार क्षेत्र’ भनिन्छ। नासाको एपोलो मिसनअन्तर्गतको यान पृथ्वीबाट देखिने क्षेत्रमा अवतरण गरेको थियो। 

 

यसअघि चन्द्रमामा पुगेका यानले पृथ्वीको पल्लो क्षेत्रको अवलोकन मात्र गरेका थिए तर अवतरण गरेका थिएनन्। पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघसंस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन्। चिनियाँ यान अवतरणप्रति अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्विटमार्फत बधाई दिँदै भनेको छ, ‘यो मानवताका लागि नयाँ र प्रभावकारी सफलता हो।’

 

यो समाचार आजको नागरिक दैनिकबाट ।


थप समाचार

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

  • 1 minute ago
के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरे

बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

  • 24 minutes ago
बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान खतरा लेखिएको सुतली बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीयमा त्रास फैलि

फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

  • 25 minutes ago
फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

एजेन्सी । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो कबिर सिंह । यस फिल्मले बक्स अफिसमा एकपछि अर्को दिन राम्रो कमाइलाई सन्तुलित राखेको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।