जब उनी १२ वर्षको कलिलो उमेरमा नै १९ वर्षे युवकसँग प्रेममा परिन्

पोखरा । १३ वर्षिय बालिकाले फेसबुक मार्फत धरानका १९ वर्षिय युवासFग चिनजान भए र त्यसपछि भेटघाट हुदै गर्दा यौन सम्पर्क भएको पारिवारीक स्रोतले जनाएको छ । बालिका गर्भवती भएको करिव ६ महिनापछि मात्रै जानकारी भएको उनकी आमाले बताइन् । फेसबुककै चिनजान र भेटघाटका आधारमा माया प्रेमका कारण दुई जनावीच यौन सम्पर्क भएर गर्भ रहेको उनकी आमाले जानकारी दिइन् ।

 

बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको भएपनि बच्चामा सामान्य जन्डिस देखिएका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनसियूमा राखिएको छ । बच्चामा ठूलो समस्या छैन, तर सामान्य जन्डिस देखिएका कारण अस्पताल राखिएको हो । पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने पनि हुनसक्ने भनेका थिए तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माएकी हुन् । आमा र बच्चा को अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिईन् । प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएको तर नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन् । १३ वर्षिय बालिका र बच्चालाई स्वीकार गर्न तयार रहेको केटा पक्षका आफन्तले बताएको बालिकाका परिवारले बताएका छन् ।

 

कलिलो उमेरमा आमा बनेकी एक १३ वर्षकी आमालाई पोखरा महानगरले सहयोग गरेको छ । १३ वर्षको उमेरमै बच्चा जन्माएकी बालिकालाई पोखरा महानगरद्धारा संचालित कार्यक्रम उपप्रमुखसंग महिला कार्यक्रम मार्फत आर्थिक सहयोग प्रदान गरेको हो ।

 

उपप्रमुखसँग महिला कार्यक्रम संचालक समितिका संयोजक एंव पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङ सहितको नौ सदस्यीय संचालक समितिका सदस्यहरुर्ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सुत्केरी १३ वर्षिय बालिकालाई भेटघाट गदै नगद दश हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

 

१३ वर्षिय बालिकाले सोमबार साँझ साँढे तिन किलो तौल भएको छोरा जन्माएकी थिइन् । रकम हस्तान्तरण गदै उपप्रमुख गुरुङले नहुन पर्ने कुरा भया, अव चिन्ता लिन नहुने र बच्चाको राम्रो ख्याल गर्नुपर्ने बताइन् । सानो र परिपक्व नहुदै बच्चा जन्माउदा आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने बताउदै स्वास्थ्यमा ध्यानदिनुपर्नेमा जोड दिइन् ।

 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 23 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 24 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 29 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।