IIMS College

ISMT

HUB Education

दश हजार मोटरसाइकललाई कारवाही

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । 

 

नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो । 

 

नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेना ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कारवाही गर्ने गरेको बताउँछन् । ‘दैनिक ५० देखि ८० मोटरसाइकल तथा स्कुटर कारवाही गर्दै आएका छौँ’, उनी भन्छन् । 

 

नगर प्रहरीले यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर रु. एक हजार जरिवना गर्दै आएको छ । नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु ९७ लाख २५ हजार राजश्वसमेत सङ्कलन गरेको छ । 

 

नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि १५ नगर प्रहरी खटाएको छ भने उनीहरुलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ । 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन ९मापसे०, लेन अनुशासन कारवाही, हर्न कारवाही, सिसी क्यामरा कारवाही, हेल्मेट नलगाउनेलाई कारवाही गर्दै आएको छ । 

 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त कारवाहीसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने बताउँछन् ।

 

‘सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गरेका हौँ’, उनी भन्छन् । 

 

यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौँ उपत्यकामा नौ लाख २१ हजार ९१७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेका छन् । (रासस)


थप समाचार

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 2 minutes ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 10 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

  • 12 minutes ago
तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

आयबाक । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।