IIMS College

ISMT

HUB Education

सगरमाथा आरोहण गर्ने भारतीय धेरै

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

 

यस याममा सगरमाथा आरोहणका लागि सात नेपालीसहित ४४ वटा आरोहण दलका एक हजार २४ जनाले विभागबाट आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सगरमाथा आरोहण गर्न सफल भएको विभागले जनाएको छ ।

 

भारत र चीनपछि अमेरिकन आरोहीको सङ्ख्या बढी छ । अमेरिकाका ४२ जनाले सगरमाथा आरोहण गरेका छन् । संयुक्त अधिराज्य बेलायतका २९ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सगरमाथा आरोहण गर्नेमध्ये ६७ जना महिला आरोही छन् । जसमा सबैभन्दा बढी १८ जना चिनियाँ महिला आरोही छन् ।

 

नेपाली महिला आरोही ६ जनाले सगरमाथा चढेको विभागको तथ्याङ्क छ । नेपालसहित ४९ देशका आरोहीले सगरमाथा आरोहणमा गएका थिए । जसमध्ये छ मुलुक संयुक्त अरब इमिरेट, कोरिया, स्पेन, डोमिनिकन रिपब्लिक, इरान, पेरु र रिपब्लिक अफ बोत्स्वानाका आरोही सगरमाथा चढ्न असफल भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यस यामको सगरमाथा आरोहणका क्रममा आठ जनाको मुत्यु भएको र एक जना हराइरहेको पनि विभागले उल्लेख गरेको छ । (रासस)


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 7 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 10 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 13 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।