मस्तिष्क पक्षघात पीडित बालबालिकालाई मिसेस नेपाल यूके टिमबाट १० लाख सहयोग

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 3 months ago
  • युके

 

काठमाडौं– मिसेस नेपाल यूके टिमले मस्तिष्क पक्षघातबाट पीडित बालबालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित दिवा कक्षा केन्दमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ १० लाख रुपैयाँ सहयोग गरिएको हो । गत मार्च महिनामा बेलायतमा च्यारिटी कार्यक्रम गरेर मिसेस नेपाल यूके टिमले उक्त रकम संकन गरेको थियो ।

 

सहयोग हस्तान्तरण कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।सहयोग हस्तान्तरणका लागि लन्डन फेसन हाउसकी प्रोप्राइटर मनिषा डंगोल श्रेष्ठ,मिसेस नेपाल यूके– २०१७की सेकेन्ड रनर अप अमृता गिरी गजुरेल एवम मिस ट्यालेन्ट अञ्जु श्रेष्ठ लगायतको टिम नेपाल पुगेको थियो ।

 

सहयोग हस्तान्तरणका अवसरमा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मिस नेपाल यूके सुन्दा ग्ल्यामरजस्तो संस्था भए पनि मानवीय सेवामा गरेको सहयोग अतुलनीय रहेको बताए ।

 

मिसेस नेपाल यूके टिमका अमृता गिरी, मनिषा डंगोल र अञ्जु श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

 

सहयोग संकलनका लागि सस्थाका सल्लाहकार शिवजी श्रेष्ठ, मिसेस नेपाल यूके आस्था जोशी सहित, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, मञ्जु शाह, शर्मिला पछाई थापा र अञ्जु श्रेष्ठ लगायतले पहल गरेका थिए । 

 

 

- जेनी भट्टराईबाट

 


थप समाचार

दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

  • 4 hours ago
दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

दशैंको भोलिपल्ट अक्टोबर २० तारिखको सांझ ७ बजे अल्डरसटको प्रिन्सेस हलमा 'छक्का पञ्जा ३' को प्रदर्शन हुने भएको हो ।

सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

  • 6 hours ago
सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ

चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

  • 6 hours ago
चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

चितवन । संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै राष्ट्रिय जनता पार्टीले चितवनमा कार्यक्रम गरेको छ । चौथो संविधान दिवस देशैभर धुमधामका साथ मनाइरहँदा राजपाले चितवनमा विरोध कार्यक्रम सहित असोज ३



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।