Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेललिग च्याम्पियनसँग पराजित भएपछि खुमलटार रेलिगेशनमा पर्यो

लिग च्याम्पियनसँग पराजित भएपछि खुमलटार रेलिगेशनमा पर्यो


काठमाडौँ एफसी खुमलटार शहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेशनमा परेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जारी सिजनको उपाधि विजेता टिम चर्च ब्वाइज युनाइटेडसँग पराजित भएपछि खुमलटार रेलिगेसनमा परेको हो।

नवप्रवेशी क्लब खुमलटारले लिगको अन्तिम खेलमा चर्च बोइजसँग २–० गोलको हार व्यहोरेको हो। एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सिमित चर्च ब्वाइजले जित निकालेको हो। चर्च ब्वाइजका लागि सुशील शाहले १२ औं मिनेटमा तथा जोस्पे बेम्पाले इन्ज्युरी समयमा गोल गरे।

यता चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड खाँदा चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो।

सो खेल तनावग्रस्त बनेको थियो। पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको हो। रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए। रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए। आधा घण्टापछि खेल सुरु भएको थियो।

चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेको छ।
खुमलटारको भने जम्मा २७ अंक रहेको छ।

यता फ्रेन्ड्स क्लबले अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबलाई ४–० ले पराजित गरेपछि रेलिगेशन टरेको छ।

अब थ्री स्टार र एपिएफमध्ये एक टोली अर्को सिजन बी डिभिजनमा घटुवा हुने समीकरण बनेको छ। रेलिगेशनबाट बच्नको लागि थ्री स्टारलाई जित चाहिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

Techie IT