Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनले आज दाबेदारी पेस गर्ने

कोशी प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनले आज दाबेदारी पेस गर्ने


काठमाडौँ। कोशी प्रदेशमा सरकार गठनका लागि सत्तारुढ गठबन्धनले आज दाबेदारी पेस गर्ने निर्णय गरेको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले आज अपराह्न ५ बजेतिर दाबेदारी पेस गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठनका लागि बिहीबार साँज ५ बजे प्रदेश प्रमुखसमक्ष दाबेदारी पेस हुनेछ।

गठबन्धनका दलहरुले यसअघि नै थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए।

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आज बिहीबार नै सकिँदैछ। प्रदेश प्रमुख खापुङले असार १७ गते, आइतबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT