नयाँ वर्षको पूर्वसन्ध्यामा लण्डनमा १ दर्जन स्रष्टाले गरे मुक्तकवाचन

  • सोमबार, २ बैशाख, २०७६
  • 4 days ago
  • युके

 

हामी यहाँ नेपाली भाषा साहित्य बग्ने कुलो बनाउंदैछौं

हाम्री आमाले भात पकाउने चुल्हो बनाउँदैछौं

हामी विदेशिएका पटक्कै छैनौं है साथीहरु 

हामी त हाम्रो देशको सिमाना अझै ठूलो बनाउँदैछौं 

 

कार्यक्रमका सञ्चालक नृपेश उप्रेतीले वरिष्ठ मुक्तककार डा रुपक श्रेष्ठको यो उत्कृष्ट मुक्तक सुनाएरै कार्यक्रमको ढोका उघारे । त्यसपछि कार्यक्रममा सहभागी करिब एक दर्जन स्रष्टाले आफ्ना पाँच पाँच वटा मुक्तक वाचन गरेर सुनाए । 

 

नेपाल मुक्तक प्रतिष्ठान बेलायतले नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा लण्डनमा आयोजना गरेको मुक्तकवाचन तथा कार्यशाला गोष्ठीमा वाचित मुक्तकहरुमाथि छलफल र समिक्षा समेत गरियो । 

 

 

नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक डा रुपक श्रेष्ठ प्रमुख अतिथि तथा साहित्य संगम रेडिंगका अध्यक्ष विनोद अधिकारी विशेष अतिथि थिए । 

 

त्यसअवसरमा प्रतिमा केसी, राज श्रेष्ठ, सेमन्त राई, भरत लोहोरुंग, कुमार केसी, रविन जोशी, नृपेश उप्रेती, दुर्गाप्रसाद पोखरेल, डा रुपक श्रेष्ठ, विनोद अधिकारी र  बालिका समृद्धि पोखरेल लगायतका स्रष्टाले आफ्ना मुक्तकहरु सुनाएका थिए । मुक्तकहरुमाथि दुर्गाप्रसाद पोखरेल र डा रुपक श्रेष्ठको प्यानलबाट छलफल र समिक्षा समेत गरिएको थियो । 

 

 

त्यसअवसरमा प्रमुख अतिथि वरिष्ठ मुक्तककार डा श्रेष्ठले समसामयिक नेपाली मुक्तक र यसले अवलम्बन गरेको बाटोका विषयमा चर्चा गरे । 

 

कार्यक्रममा आयोजक नेपाल मुक्तक प्रतिष्ठान बेलायतकी उपाध्यक्ष प्रतिमा केसीले स्वागत मन्तव्य दिइन् । कार्यक्रमका सञ्चालक महासचिव नृपेश उप्रेतीले नेपाल मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोने र महासचिव रमेश पौडेलबाट प्राप्त शुभकानमा सन्देश पढेर सुनाए । 

 

सोहि अवसरमा संस्थाका आजीवन सदस्यहरुलाई संस्थाको लोगो अकिंत ब्याज पनि वितरण गरिएको थियो ।  

 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।