मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन

काठमाडौँ । कवि ,मुक्तकार, गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्धारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’को विमोचन भएको छ । आइतबार राजधानीको प्रज्ञा भवनमा भएको एक कार्यक्रममा मुक्तक संग्रह र गीति एल्बमको विमोचन भएको हो । 

 

कार्यक्रममा स्वागत मन्तव्य हित्यकार विना थिङ तामाङले राखेकी थिइन । बरिष्ठ संगीतकार शक्तिबल्लव , गीतकार किरण खरेल , गीतकार राजेन्द्र थापा , गजलकार विपिन किरण , संगीतकार राजेश थापा लगायतद्धारा मुक्त्तक संग्रह र गीति एल्बमको संयुक्तरुपमा विमोचन गरिएको थियो ।

 

कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए । अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह ‘अबिरल’ र गीति एल्बम ‘अनुराग’ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुर्याएको योग्दानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए ।

 

वरिष्ठ संगीतकार शक्तिबल्लवले गीति संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिए ।

 

त्यस्तै, अर्का गीतकार किरण खरेलले परदेशमा रहेरपनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुर्याउनको लागि पुर्याएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताए । 


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 4 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 6 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।