मुक्तान थेबाकाे 'अखण्ड अालाप' सार्वजनिक

काठमाडौँ । कवि मुक्तान थेबाको तेस्रो कविताकृति ‘अखण्ड आलाप’ सार्वजनिक भएको छ ।

 

बयालिस वटा कविता संग्रहित कविताकृतिकाे बुधबार अनामनगरस्थित मण्डला थियटरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

 

पुस्तक सार्वजनिक कार्यक्रमकी वक्ता निभा शाहले कवि थेबाले विसङ्गतिका विरुद्ध निडर भएर वैचारिक रुपमा स्पष्ट कविताहरू लेखेको बताइन् ।

 

कवि थेबाले कवितामा प्रयोग गरेका विम्बहरूमा ऐतिहासिकता रहेको कारण त्यसमा कुनै काल्पनिकता नरहेको समेत शाहले बताइन् ।

 

संग्रहका केही कविताहरू लैंगिक दृष्टिकोणबाट हेर्दा समस्याविहीन नदेखिए पनि समग्रमा थेबाका कविताहरूमा आगो रहेको शाहको टिप्पणी थियो ।

 

नेपाली समाजको विविधता, विविधताबीचको द्वन्द्व र त्यसले माग गरेको रूपान्तरणको मुद्दा थेबाका कविताहरूमा प्रतिविम्बित भएको कार्यक्रमका अर्का वक्ता राजेन्द्र महर्जनले बताए ।

 

थेबाका अधिकांश कविताहरूले नेपाली समाजमा वर्षौंदेखि रहेको शोषण र उत्पीडनविरुद्धको आवाज मुखरित गरेको महर्जनले टिप्पणी गरे ।

 

त्यस्तै, कार्यक्रमका अर्का वक्ता भूपाल राईले थेबाको कविता लामो समयदेखि देशमा रहेको संरचनागत विभेदमाथिको प्रहार र प्रतिरोध भएको बताए ।

 

नेपाली कविता लामो समयदेखि एकल भाषी, एकल जाती र एकल नश्लको सिण्डिकेटको रुपमा रहेकोमा थेबाको कविताले त्यो सिण्डिकेट समेत तोडेको राईकाे टिप्पणी थियाे ।

 

‘उन्मुक्त पुस्ता’का कवि थेबाको यसअघि संयुक्त कविता संग्रहका रूपमा ‘आफर’ र तामाङ भाषामा लेखिएको कविता संग्रह ‘काकलिङ’ प्रकाशित भइसकेको छ । उनको तेस्रो कविता संग्रह ‘अखण्ड आलाप’ सांग्रिला बुक्सले प्रकाशनमा ल्याएकाे हो ।

 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 28 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।