IIMS College

ISMT

HUB Education

बेलायतका लागि पूर्व राजदूत शर्माको निधन

  • बिहीबार, २ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतका लागि पूर्व नेपाली राजदूत  मुरारीराज शर्माको निधन भएको छ ।

 

बेलायतमा बस्दै आएका ६८ वर्षीय शर्माको मंगलबार बिहान असामयिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई ह्दयघात भएको आशंका गरिएपनि पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । 

 

शर्माका पारिवारिक सदस्य समेत रहेका लण्डन दूतावासका पूर्व कर्मचारी अनिल अधिकारीका अनुसार बिहान श्रीमतीसंगै मर्निंग वाकमा गएर  घर  फर्किएका शर्मा ब्रेकफास्ट खाएर घरमै बसिरहेका बेला अचानक बेहोस भएका थिए । त्यसको केहि समयमै एम्बुलेन्स आइपुग्दा उनको निधन भइसकेको थियो । 

 

शर्माको शब अहिले लण्डनको टुटिंगस्थित सेन्ट जर्ज अस्पतालमा राखिएको छ । 

 

शर्मा श्रीमतीसंगै लण्डनको पट्नीमा बस्दै आएका थिए । उनका दुई छोरा अमेरिकामा छन् । उनीहरु आएपछि अन्त्येष्टीबारे निधो गरिनेछ । 

 

सन् २००८ फेब्रुअरीमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला बेलायतको लागि राजदूत बनेर आएका थिए शर्मा । पछि प्रचण्ड प्रधानमन्त्री बनिसकेपछि सरकारले उनलाई स्वदेश फिर्ता बोलाएको थियो ।त्यस यता उनी बेलायतमै बस्दै आएका थिए ।  

लण्डनस्थित नेपाली दूतावासले भने बुधबार साँझसम्म पनि पूर्व राजदूत शर्माको निधनबारे आधिकारिक जानकारी पाइनसकेको बताएको छ ।  


थप समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 21 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 37 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 40 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।