साउदी राजपरिवारको आलोचना गर्दा पत्रकार खशोग्गीको हत्या !

इस्तानबुल । आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ । 

 

खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् । 

 

रसायनशास्त्री र विषविज्ञान विज्ञ पनि रहेको टोलीले हत्याका प्रमाणहरु खोजी गर्ने टर्कीको पत्रिकाले सोमबार लेखेको छ । 

 

पत्रकार खशोग्गीको हत्यामा साउदी अरबको राजदरबारकै संलग्नता रहेको आशंका र आरोप लागिरहेका बेला साउदी अरबले अनुसन्धान टोली पठाएको हो । 

 

टर्कीका अधिकारीहरुले पत्रकार खशोग्गीको हत्यासम्वन्धी डरलाग्दो विवरणहरु रहेको जनाएका छन् । 

 

इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएका बेला ५९ बर्षिय पत्रकार खशोग्गीको हत्या भएको सार्वजनिक भएपनि शव भने अहिले सम्म भेटिएको छैन । 

 

टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका बेला हत्या भएको थियो । 

 

टर्कीको सरकार पक्षीय सवाह दैनिकले गत अक्टोबर ११ तारिखका दिन नै साउदी अरबले ११ सदस्यीय टोली टर्की पठाएको समाचार लेखेको छ । 

 

स्वघोषित अनुसन्धान टोलीमा रसायन शास्त्री अहमद अब्दुल्लाजिज अल्जानोबी र विषज्ञान शास्त्री खालेद याह्या अल जाहरानी रहेको पत्रिकाले जनाएको छ । 

 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने साउदी अरबकै उच्च तहको संलग्नतामा खशोग्गीको हत्या भएको आरोप लगाएका छन् । 

 

त्यसैगरी टर्कीका अनुसन्धानकर्ताहरूले पनि निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गीको घाँटी अठ्याएर हत्या भएको दावी गरेका छन् । 

 

दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गर्नु भएका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो । 

 

राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएका थिए । 

 

मासिक रुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्ने गरेका थिए । त्यही आलोचक भएकैले उनको हत्या भएको कतिपयको आशंका छ ।


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 3 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 3 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।