IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा डरलाग्दो हिंसा, पूर्व रग्वी खेलाडीद्वारा श्रीमती र तीन सन्तानको हत्या !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । 

 

उक्त हत्याकाण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडीको संलग्नताको आशङ्काको नजिक पुगेको बताएको हो । 

 

अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले यो घटनालाई बडो डरलाग्दो हिंसा भनेका छन् । प्रहरीकाअनुसार यस्तो डरलाग्दो घटना यहाँको प्रहरीले पहिलो पटक अनुसन्धान गरिरहेको छ ।

 

प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो । उनका तीन जना छोराछोरीको ज्यान गएको केही समयपछि उनको मृत्यु भएको थियो ।

 

उनका छोराछोरी तीन, चार र छ वर्षका मात्र थिए । ती छोराछोरीको निधनको केही घन्टापछि क्लार्कको पनि बुधबार ब्रिस्बेनको अस्पतालमा निधन भएको थियो । उनका पतिको पनि जलेर मृत्यु भएको छ । 

 

उनीहरु चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्व रग्वी खेलाडी एवं पति रोवान बाक्सटरले नै पेट्रोल खन्याएर आगो लगाएका थिए । कारमा लागेको आगोका कारण तीन छोराछोरीको ज्यान गइसकेको थियो । तर आधा जलेकी क्लार्क भने आफै अस्पताल पुगेकी थिइन् । तर सोही दिन उनको पनि ज्यान गयो । 

 

कारभित्रै रहेका रोवान पनि जलेको अवस्थामा सडक किनारमा देखिएका थिए, जहाँ उनको मृत्यु भएको थियो । 

   

क्लार्कको भनाई उद्धृत गर्दै ब्रिस्बेनको प्रहरीले सो कारमा ती पूर्व खेलाडीले आफैँ आगो लगाएको बताएको छ । त्यहाँ अरु कुनै प्रमाणहरु भेटिँदैनन् र कारमा आफैँ आगलागी भएको जस्तो पनि देखिँदैन– प्रहरीले भनेको छ । 

 

प्रहरीले उक्त कार पेट्रोल छर्केर आगो लगाइएकोजस्तो देखिएको बताएको छ ।


थप समाचार

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

  • 4 hours ago
शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

काठमाडौँ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी क

प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

  • 5 hours ago
प्रहरी र वन चोरी शिकारीबीच गोलीहानहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वन

कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

  • 5 hours ago
कामना सेवा विकास बैंकको भिडियो कन्फ्रेसमार्फत सञ्चालक समितिको बैठक सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठक डिजिटल रुपमा सम्पन्न भएको छ । बैंकका सञ्चालकहरु भौतिक रुपमा उपस्थित नभई भिडियोमार्फत प्रत्यक्ष संवाद गरी सञ्चालक समितिको बैठक सम्पन्न भएको कामना



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।