पुम्दीभुम्दीमा १० वर्षीया बालिका मृत अवस्थामा फेला, बलात्कारपछि हत्या भएकाे अाशंका

  • मंगलबार, ९ असोज, २०७५
  • 7 months ago
  • नेपाल
सांकेतिक तस्वीर

पोखरा । बिस्कुट किन्न सोमबार साँझ घरबाट निस्केकी पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनार मगंलबार बिहान घरनजिकै मृत अवस्थामा भेटिएकी छन् ।

 

बालिका हराएको भनेर खोजी गरिदिन प्रहरी चौकीमा मंगलबार बिहान निवेदन दिन आएका सुनार परिवारले निवेदन लेख्दा लेख्दै शव भेटिएको खबर आएको प्रहरी कार्यालय बैदामका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन् ।

 

घटनाको प्रकृति र प्रारम्भिक विवरणका आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेको छ ।

 

श्रेयाको शव घरनजिकै झाडीमा फेला परेको हो । अनुहारमा चोटैचोट लागेको अवस्थामा उनको शव भेटिएको हुँदा उनको हत्या यकिनजस्तै रहेको डीएसपी कार्कीले बताए । प्रत्यक्षदर्शीहरुका अनुसार कपडासमेत खोलिएको अवस्थामा श्रेयाको शव भेटिएको हो । 

 

‘पोस्टमार्टमका लागि शव अस्पताल लगिएको छ, बलात्कार हो होइन रिपोर्ट आएपछि थाहा हुन्छ’, डीएसपी कार्कीले भने ।


थप समाचार

९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

  • 1 minute ago
९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

  • 3 minutes ago
काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक स

ल्वाङ चियाका फाइदा

  • 17 minutes ago
ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।