IIMS College

ISMT

HUB Education

'आम्दानी र धर्म दुबै कमाइने भएकाले भगवान्को मूर्ति बनाउने पेशा अपनाएको हुँ'

  • शुक्रबार, १० माघ, २०७६
  • 3 weeks ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सप्तरी । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोबाट बच्न चोकचोकमा भेला भएका केही मानिसहरू आगो तापेर बसेका छन् । हुस्सु र शीतसँगै चल्ने पश्चिमी चिसो हावाका कारण स्थानीय बासिन्दाको दैनिकी पनि सुस्त छ । ग्रामीण भेगबाट मजदूरी गर्न राजविराज आउनेको सङ्ख्यामा एक महीनायता कमी आएको छ ।

 

ठिक यसै बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपाका ६५ वर्षीय कुशेश्वर मण्डल र उनको परिवार एकाबिहानै आठ किलोमिटरको दूरी तय गर्दै राजविराज आउँछन् । सडक, चोकमा अरुहरू आगो तापिरहेका बेला कामको चटारोले उनीहरू भने चिसो पानीले माटो मुछ्दै मूर्ति बनाउन व्यस्त हुन्छन् ।

 

सरस्वती पूजा नजिकिएकाले माटाका मूर्ति बनाउन उनीहरूलाई भ्याइनभ्याई छ । विद्यालय तथा शैक्षिक संस्थाहरूमा वसन्त पञ्चमीको दिन सरस्वतीको प्रतिमा राखेर पूजा गर्ने भएकाले उनीहरू माटाका मूर्ति बनाउन बिहानै खाना पोको पारेर राजविराज बजार आइपुग्छन् । राजविराजस्थित अस्पताल अगाडि आफ्नो पूरै परिवारसहित मूर्ति बनाउन कस्सिन्छन् मण्डल परिवार । 

 

मण्डलले माग आएका ४० वटासहित ६५ वटा माटाका प्रतिमा हरू बुधबारसम्म रङ्गाइसक्नु पर्ने भएकाले उनीहरू दिन रात नभनी मूर्ति बनाइरहेका छन् । बिहीबार वसन्त पञ्चमी भएकाले उनीहरूलाई सबै मूर्तिहरू तयार पारेर आफ्ना ग्राहकलाई जिम्मा लगाउनु पर्नेछ । यसै बेला एकमुष्ट कमाइ हुने भएकाले उनको सम्पूर्ण परिवार प्रत्येक वसन्त पञ्चमी, दुर्गा पूजा, कृष्ण अष्टमी, विश्वकर्मा पूजा, लक्ष्मी पूजा, रामनवमी, विवाह पञ्चमी जस्ता पर्वका बेला मूर्तिहरू बनाउने गर्छन् । कुशेश्वरका अनुसार थोरैले अनन्त चतुर्दशी, सन्तोषी ब्रत र छठमा समेत मूर्ति बनाउन लगाउँछन् । 

 

एक याममा झण्डै एक महीना भन्दा बढी समय लगाएर बनाएको मूर्तिबाट झण्डै साढे एकदेखि दुई लाखसम्म कमाई गर्छन् मण्डल परिवार । कुशेश्वरका भाइ विशेश्वरको व्यस्तता पनि उस्तै छ । उनले तोपा गाउँमै माटाका मूर्ति बनाइरहनु भएको छ । विशेश्वरका छोरा इन्द्रनारायण राजविराज–२ स्थित तेतरी गाछी टोलमा मूर्ति बनाउँछन् । 

 

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा राजविराज बाहेक तोपा, विष्णुपुर, हनुमाननगर, कोइलाडी, मन्सापुर, वीरपुर, बोदे बरसाइनलगायतका ठाउँमा मूर्ति बनिरहेको छ । दुई हजारभन्दा बढी स्थानमा सरस्वतीको मूर्ति स्थापना र पूजा गरिने सप्तरीमा मात्रै झण्डै एक करोड रुपैयाँको कारोबार हुने कुशेश्वरको अनुमान छ । 

 

कालिगढहरूले बाँस र काठको ढाँचा तयार पारी त्यसमा पराल, खर बाँधेर माटो लिप्छन र मूर्तिको आकार दिएर सुकाउँछन् । सुकाएर तयार भएको मूर्ति रङ्गरोगन तथा साजसज्जा गरी तयार पारेर विक्री गरिन्छ । यसरी तयार भएको सरस्वतीको एउटा मूर्ति न्यूनतम एक हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको मूर्तिकारहरू बताउँछन् । बढी मात्रामा दुई हजारदेखि सात हजार मूल्य पर्ने मूर्ति बिक्री हुने गरेको छ ।

 

आगामी बिहीबार सबै शैक्षिक संस्थाका साथै टोल–टोलमा सरस्वतीको पूजा हुने भएकाले मूर्तिकारहरू बुधबारै दिने गरी मूर्ति तयार पार्न जुटेका हुन् । शैक्षिक संस्थाहरूका साथै टोल–टोलमा विद्यार्थी, युवाको समूहले पूजा महोत्सव गर्न थालेकाले मूर्तिको माग बढ्दै गएको कुशेश्वरका कान्छा छोरो लक्ष्मीले बताइन् । कसैसँग कुरा गर्ने वा अल्मलिने फुर्सद छैन उनीहरूलाई । माइला छोरा शिवनारायणका अनुसार आफूले नभ्याएको अवस्थामा कामदार समेत राखेर मूर्ति बनाउनु पर्ने हुन्छ । 

 

मण्डल परिवार माटाको मात्र नभई सिमेण्टको मूर्ति पनि बनाउँछन् । सिमेण्टको मूर्ति बनाउन उदयपुर, ओखलढु्ङ्गा, खोटाङ लगायत पहाडबाट माग आउने गरेको र पर्व नभएका बेलामा गएर बनाउने गरेको शिवनारायणले जानकारी दिए ।

 

पुस्तैनी पेशा भएकाले सानैदेखि माटोको मूर्ति बनाउँदै आएका कुशेश्वर चार महीना आराम गरेर वर्षदिन खान पुग्ने बताउँछन् । उनले बुबा रामप्रसादबाट मूर्ति बनाउन सिकेका छन् । दश वर्षको उमेर नपुग्दै बुबाको मृत्यु भयो । अठार वर्षको हुँदा साथीहरूसँग बाजी परेर पहिलो पटक उनले मूर्ति बनाए । उक्त मूर्ति देखेर सबै आश्चर्यमा परेपछि आफू उत्साहित भएर यही पेशा अङ्गालेको कुशेश्वर सुनाउँछन् । उनले भने – “आम्दानी र धर्म दुबै कमाइने भएकाले भगवान्को मूर्ति बनाउने पेशा अपनाएको हुँ ।” 

 

पूजा हुन केही दिन मात्र बाँकी छँदा मण्डल परिवार झै सबै मूर्तिकारहरूलाई भ्याइनभ्याई छ, अहिले । राजविराजभित्र करीब एक दर्जन ठाउँमा सरस्वतीका साढे तीन सय मूर्ति बनाउन मूर्तिकारहरू व्यस्त देखिन्छन् । दिन रात लगाएर माटोको कलात्मक मूर्ति तयार पार्न उनीहरू खटिएका छन् । कतिपय मूर्तिकार ठूलो आकारको मूर्ति बनाउन विद्यालय नै पुग्ने गरेका छन् । सप्तरीमा मात्र साढे एक सय मूर्तिकार रहेको कुशेश्वरको अनुमान छ ।

 

“सरस्वती पूजा हुने दिन आउनै लागेको छ, अर्डरअनुसारको मूर्ति तयार पार्ने चाप बढेको छ, त्यसैले यो जाडोमा पनि एकाबिहानैदेखि चिसो माटा पानीमा मुछेर मूर्ति लिप्नु पर्छ र आकार दिनुपर्छ,” कुशेश्वरीकी श्रीमती खगरीदेवीले भनिन् ।  आधुनिकताको प्रभाव बढ्दै गए पनि सरस्वतीको पूजा गर्न यहाँ माटोकै मूर्तिको खोजी हुन्छ । 

 

माटोको मूर्ति बनाउनेहरू विशेष गरी कुम्हाले समुदायका हुन्छन् । माटोको मूर्ति, भाँडाकुँडालगायतका साम्रग्री तयार पार्ने कुम्हालेको परम्परागत पेशा मानिन्छ । मण्डल परिवार माटोको काम गर्ने कुम्हाले जातको नभई चिरौट धानुक जातिका हुन् तर पनि, चार पुस्तादेखि यसै पेशामा आबद्ध छन् । कुशेश्वरका तीनै जना छोरामा मूर्ति बनाउने कौशल छ । माइला छोरा शिवनारायण र कान्छा छोरा लक्ष्मी उनीसँगै मूर्ति बनाउँछन् । मूर्तिकै आम्दानीले तोपामा एक बिघा पाँच कठ्ठा जमीन पनि परिवारले किनिसकेको छ । सबै ६ नाति, नातिनीहरू बोर्डिङ्ग स्कूलमा पढ्छन् । यो परिवारले तीन वटा पक्की घर बनाएको छ । तीन गाई र दुई भैंसी पालेको छ । धान कुट्ने मिल पनि घरमा राखेको छ । मूर्तिको कमाइले कुशेश्वरको जीवन फेरिएको छ । 


थप समाचार

अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

  • 6 minutes ago
अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

एजेन्सी । सोमालियाको राजधानी सहर मोगादिसुको वादाजिर जिल्लामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् ।

जर्मनीको दुईवटा बारमा डरलाग्दो गोलीकाण्ड, नौ जनाको मृत्यु

  • 8 minutes ago
जर्मनीको दुईवटा बारमा डरलाग्दो गोलीकाण्ड, नौ जनाको मृत्यु

एजेन्सी । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा फेला पारेको

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

  • 11 minutes ago
दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

एजेन्सी । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन् । उनले को



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।