मुसा मार्न प्रशासन गुहार

  • बुधबार, २८ कार्तिक, २०७५
  • 1 month ago
  • नेपाल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । 

 

पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन् । 

 

बल्लतल्ल रोपाइँ गरेर पाक्ने बेलाको धान थन्क्याउने समयमा मुसाले नष्ट गरेपछि लगाएको बाली यत्तिकै छाड्नु परेको स्थानीय किसानले बताएका छन् । मुसाले ५० प्रतिशतभन्दा बढी धान नोक्सान पु¥याएको स्थानीय ढाकाराम सुवेदीले बताए । नगरपालिका–८ र १० का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणका लागि पहल गरिदिन र क्षतिपूर्तिको माग गर्न आफूहरु प्रशासन कार्यालय आएको कृषक कोमलनारायण पौडेलले बताए । 

 

सो अवसरमा प्रजिअ गुरुदत्त ढकालले सम्बन्धित शाखाहरुसँग समन्वय गरेर मुसा नियन्त्रणका लागि पहल गर्ने बताए। 

 


थप समाचार

लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

  • 20 minutes ago
लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

लण्डन । एनआरएन यूकेअन्तर्गत क्षेत्रीय समिति गठनका लागि भन्दै लिभरपुल पुगेको टोली समिति गठन गर्न नसकी फर्किएको छ । नर्थ वेस्ट कमिटि गठनको लागि भन्दै आइतबार लिभरपुलमा गरिएको भेलामा समिति गठनको वातावरण ब

कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

  • 11 hours ago
कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

चितवन । प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरि

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

  • 11 hours ago
कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

काठमाडौँ । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।