Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने

श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने


एजेन्सीत । श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ ।

श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन् ।

उनले भने, “श्रीलङ्काले उच्च स्तरीय पर्यटकलाई आकर्षित गर्न विभिन्न विमानस्थललाई जोड्ने आन्तरिक हवाई यातायात सञ्जाल विकास गर्न लागेको छ ।”

बन्दरनाइके अन्तर्राष्ट्रिय विमानस्थल, मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थल, जाफना अन्तर्राष्ट्रिय विमानस्थल र ट्रिन्कोमाली र बत्तिकालोवाका आन्तरिक विमानस्थललाई यस कार्यक्रमअन्तर्गत जोडिने उनले बताए ।

आन्तरिक हवाई यातायात सञ्जालको विकास गरेमा सम्पन्न तथा बढी खर्च गरी सेवा लिन चाहने पर्यटकलाई आकर्षित गर्न सक्ने उनले बताए ।

मन्त्री डी सिल्भाले पछिल्लो समय केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले श्रीलङ्कामा उडान बढाएको जानकारी दिए ।

पर्यटन यो दक्षिण एशियाली मुलुकको लागि एक महत्वपूर्ण विदेशी मुद्रा कमाई हो । सम्पन्न र स्तरीय पर्यटकहरू आकर्षित गर्नु स्थानीय पर्यटन उद्योगको लागि एक महत्वाकाङ्क्षी लक्ष्य हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT