IIMS College

ISMT

HUB Education

म्याग्दीका १७ घर पहिरोको जोखिममा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

म्याग्दी । बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेको छ । 

 

बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको सुर्केमेला गाउँ जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएपछि बाढीले छेउछाउको बस्ती कटान गर्न थालेको छ । पहिरोका कारण १७ परिवार विस्थापित हुने खतरा रहेको स्थानीयवासी टीकाबहादुर रानाले बताए । 

 

अहिले स्थानीयवासीले आफन्त र छिमेकीकहाँ आश्रय लिएका छन् । विसं २०३१ मा राखुको भीरबाट खसेको पहिरोले सुर्केमेलामै घर पुरिँदा १२ जनाको ज्यान गएको थियो । जोखिमबारे जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका र सुरक्षा निकायलाई जानकारी गराएर क्षति न्यूनीकरणको पहल गर्न आग्रह गरिएको वडा सदस्य देवबहादुर घलेले बताए । पहिरोका कारण बेनी–बरंजा सडक अवरुद्ध भएको छ । सुर्केमेला, बास्कुना र बरंजामा उत्पादित दूध बजार पु¥याउन समस्या भएको उनको भनाइ छ । 

 

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढालगायतको टोलीले पहिरो जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेको छ । अवरुद्ध सडक सञ्चालन गर्न तथा थप क्षति हुन नदिन तारजाली उपलब्ध गराइने प्रजिअ अधिकारीले बताए । 

वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ । 

 

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध छ । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, घोडेपानी, पाउद्धार र दाना क्षेत्रमा पहिरोले पोल ढलेपछि विद्युत अवरुद्ध छ । 

 

सडक अवरुद्ध भएका कारण विद्युत्को लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।


थप समाचार

‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

  • 16 minutes ago
‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ ।

आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

  • 16 minutes ago
आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलहरु सम्पन्न गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो आइतबारबाट शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलका खेलहरुको गर्ने योजनाका साथ खेल तालिका सार्वजनिक गरेको छ

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

  • 19 minutes ago
सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।