म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

उत्तरी म्यान्माली क्षेत्रमा सेना र जातीय विद्रोहीबीचका झडपहरु जारी नै रहदा यहाँका स्थानीय नागरिक विस्थापित हुने क्रम पनि नरोकिएको अधिकारीहरुको भनाई छ । 

 

विगतका केही महिनादेखि उक्त क्षेत्रमा यहाँका अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही स्थानीय अल्पसंख्यक जातीय समुदायका बीचमा विवादहरु चर्किएको समाचारमा जनाइएको छ । 

 

सेनाले ती उत्तरी क्षेत्रहरुमा अहिले पनि धरपकड जारी नै राखेको र यसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण स्थानीय नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएका छन् । 

 

राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय ९ओसीएचए० का प्रमुख मार्क कट्सले चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा केही महिनायता देखि नै सानातिना झडपहरु भएका छन् र यसले गर्दा उक्त क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका छन् भन्नुभयो । 

 

झडपका घटनाका कारण विस्थापित करिब १६ हजार नागरिक र आन्तरिकरूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ८० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म करिब एक लाख सर्वसाधारण विस्थापित भएका छन् । 

 

स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् । 

 

कट्सले पछिल्ला झडपका घटनापछि उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्ने अवस्था रहेको र उनीहरु अहिले नै घर फर्किने अवस्था पनि नरहेको धारणा राखे । 

 

त्यसैगरी राष्ट्रसंघीय आयोग ओसिएचएले प्राप्त प्रतिवेदनमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दावीलाई भने अझै पुष्टि गरिसकेको छैन । यसबारे सरकारले भने केही बताएको छैन । 

 

उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन् । उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन् । 

 

तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड गर्न आग्रह गरिरहेका छन् । 

 

त्यस्तै म्यानमारबाटै जबर्जस्ती निकालिएर बङ्गलादेशमा शरणार्थीका रुपमा बस्न बाध्य भएका यहाँको अल्पसंख्यक रोहिंग्या जातिका करिब सात लाख नागरिक पनि अहिलेसम्म स्वदेश फर्किन पाएका छैनन् । 


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 3 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 3 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 7 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।