IIMS College

ISMT

HUB Education

म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

यांगुन ।  म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण उत्पन्न समस्याको समाधानका लागि एक स्वतन्त्र आयोग गठन गर्ने भएको छ । 

 

सो आयोगले उक्त राज्ययमा उत्पन्न भएको समस्याको समाधानका साथै यहाँका विभिन्न जातीय समुदायहरुबीच शान्ति स्थापना गरी राष्ट्रिय सहमतिको समेत अवस्था सिर्जना गर्न यस्तो आयोगको गठन गर्न लागेको बताइएको छ । 

 

उक्त राज्यमा केही महिनायतादेखि यहाँका अल्पसंख्यक मुस्लिम समुदायमाथि ठूलो दमन गरिएको बताइएको छ । जसका कारण यहाँबाट स्थानीय नागरिकहरु नै भागेर अन्यत्रै विस्थापित हुनुपर्ने अवस्था पनि देखिएको छ । 

 

म्यानमारको राष्ट्रपतीय कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार उक्त राज्यमा जातीय विवाद उत्पन्न भएकोले यसका कारण उत्पन्न असहजतालाई समाधान गर्न यस्तो आयोग गठन गर्न लागिएको हो । 

 

यसबाट ती जातीहरुका बीचमा के कति कारणले समस्या उत्पन्न भएको छ र यसले यहाँका स्थानीय नागरिकलाई घर छोड्न के कति कारणले बाध्य पारेको छ भन्ने बारेमा अनुसन्धान गरी सरकारलाई सुझाव दिने छ । 

 

उत्तरी म्यानमारको एक क्षेत्रमा सेना र जातीय विद्रोहीबीच झडपहरु जारी नै रहेकोले नागरिक विस्थापित हुने क्रम नरोकिएको अधिकारीहरुले बताएका छन् । 

 

अधिकारवादीहरु भने सेनाले सो क्षेत्रमा अहिले पनि धरपकड जारी नै राखेको र जसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण नागरिक विस्थापित भएको बताउने गरेका छन् । 

 

उता संयुक्त राष्ट्रसंघका अधिकारीले पनि यसमा सत्यता रहेको बताएका छन् । राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय ९ओसीएचए० का प्रमुख मार्क कट्सले राखिनका साथै चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा समेत अहिले पनि नागरिक भएका बताउनुभयो । 

 

आन्तरिक रूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ९० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म एक लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् । 

 

स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् । 

 

यहाँको मुस्लिम अल्पसंख्यक समुदायलाई अहिले पनि सरकारले विद्रोहीको व्यवहार गर्ने गरेको स्थानीय नागरिकहरुको गुनासो छ । 

 

उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन् । उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन् । 

 

तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड गर्न आग्रह गरिरहेका छन् । 

 

रोहिंग्याको समस्या अझै समाधान भएन 

 

उता गएको कम्तीमा पनि नौ महिनादेखि राखिन राज्यबाट यसैगरी लखेटिएका लाखौँ लाख म्यान्माली रोहिंग्याहरुको समस्या अझै हल हुन सकेको छैन । 

 

अगष्ट महिनामा उनीहरुलाई त्यहाँबाट लखेटिएको बताइएको थियो । यस बारेमा पनि सरकारले केही गर्न सकिरहेको छैन । उनीहरु बंगलादेशमा विस्थापित भएका छन् । 

 

उनीहरु बंगलादेशमा शरणार्थी शिविरमा बसिरहेका छन् । उनीहरुलाई एकै समयमा स्वदेश फर्काउने मिति अmभै निस्किएको छैन । राखिन राज्यका कतिपय स्थानबाट उनीहरुलाई सेनाले बलजफ्ती गरेकोले देश छोडेर भाग्न बाध्य भएका बताइएको छ । 

 

म्यानमारको सरकारले उनीहरुलाई स्वदेश फर्किन आग्रह गरिरहेको छ तर पनि उनीहरु सरकारी सुरक्षा निकाय तथा सेनाबाटै आफूहरु सुरक्षित नरहेको र यसका कारण आफूहरु स्वदेश फर्किनसक्ने अवस्था पनि नरहेको बताएका छने । 

 

केही महिनामात्र अघि म्यानमार र बंगलादेशको भ्रमण गरेका राष्ट्रसंघीय अधिकारीले पनि म्यानमारलाई आफ्ना शरणार्थीलाई स्वदेश फर्काउन र यसका लागि आवश्यक कदम चाल्न आग्रह गरेका थिए । 

 

त्यस क्रममा म्यान्माली विदेशमन्त्री आङ सान सुकीले ती शरणार्थी स्वदेश फिर्ता ल्याउने काममा राष्ट्रसंघको संलग्ना रहेमा पनि आफ्नो कुनै आपत्ति नरहने बताएका थिए । 

 

तर उनीहरुको घर फिर्तीको बारेमा अझै पनि प्रगति हुन सकेको छैन । बंगलादेशमा हाल कम्तीमा पनि ६ लाख म्यान्माली शरणार्थी बसिरहेका छन् । 

 


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 4 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 8 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 8 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।