माइभ्याली गोल्डकपः दाउफिन्स विरुद्ध पहिलो जितको खोजीमा पुलिस

इलाम । पूर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लब पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबसँग उपाधि होडमा प्रवेशका लागि भिड्दै छ ।

 

नेपाली फुटबलको नवप्रवेशी दाउफिन्सले २ महिनाको अवधिमा पुलिसलाई ३ पटक पराजित गरिसकेको छ । इलामको मैदानमा दाउफिन्स विरुद्ध पुलिस पहिलो जितको खोजीमा हुनेछ । जारी सिजनका ८ प्रतियोगितामा सहभागीता जनाएको दाउफिन्सले पोखरा कप, बुढासब्बा गोल्डकप र तिलोत्तमा गोल्डकप जित्दै उपाधि ह्याट्रिक गरेको छ । २१ औ बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा पुलिसलाई सडनडेथमा हराएको दाफिन्सले सो प्रतियोगिताको उपाधि समेत जित्यो । 

 

बुटबलमा सम्पन्न २१ औ तिलोत्तमा गोल्डकपको उपाधी भेटमा पुलिस सडनडेथमा नै पराजित बनेको थियो । पोखराको प्रतिष्ठित आहारारा गोल्डकपको १७ औ संस्करणको दाफिन्सले पुलिसलाई तेश्रो पटक हरायो । इलामे मैदानमा सेमीफाइनलभन्दा माथी उक्लन नसकेको पुलिस क्लब दाफिन्सलाई हराउँदै पहिलो पटक फाइलन पुग्ने लक्ष्य राखेको छ । 

 

बलिया र अग्ला कदका अफ्रिकी खेलाडीहरु पुलिसका लागी चुनौती बन्ने देखिन्छ । राष्ट्रिय टिमको क्लोज क्याम्प चलिरहेको अवस्थामा पुलिसले आफना मुख्य खेलाडीहरु विना नै दाउफिन्स विरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

 

 

 

 

 

 

 


थप समाचार

बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

  • 3 hours ago
बेलायती राजनीतिमा नयाँ तरंगः टेरेजा मे ले गरिन् जुन ७ मा राजीनामा दिने घोषणा

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले मे ७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएकी छिन् । निकै भावुक हुँदै उनले पदबाट राजीनामा दिने जानकारी गराएकी हुन् ।

महँगा अभिनेता अल्लु अर्जुन

  • 4 hours ago
महँगा अभिनेता अल्लु अर्जुन

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् अल्लु अर्जुन । बलिउडका कैयौँ सेलिबे्रटीहरुका फ्यानहरुभन्दा पनि उनको फ्याहरु धेरै रहेका छन् । उनको फिल्म सराइनादुले त युट्युबमा रेकर्ड नै बनाउन सफल भ

“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

  • 4 hours ago
“दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो”

दमौली । केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नग



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।