गायक नवीनको लोकप्रियता चुलिँदो

काठमाडौं । गैर–आवसीय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नवीन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवसीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाएका छन् ।  

 

पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । सबै उमेर समूहका दर्शक स्रोताको मन जित्न सफल गायक पौडेलले युरोपमा रहेका नेपाली हरुको मन पनि जितिरहेका छन् ।  

 

उनका गीतले के युवायुवती, के वृद्धवृद्धा सबैको प्रतिनिधित्व गरेको हुन्छ । विशेशगरी सामाजिक यथार्थता, कुरीति, कुसंस्कार एवंम् महिला अधिकारको पक्षमा गीत गाउने नवीनले सबैको भावनामा डुबेर गीत गाउँदा युरोपमा बस्ने नेपालिले अत्यन्त मन पराएको गायक पौडेलले बताए ।

 

नवीनको प्रस्तुतिले मन नछुने सायद कमै मान्छे हुन्छन् । नेपालको मेचीदेखि महाकालिका अधिकांश भूभागमा पुगेर सबैको मन जितिसकेका नवीन विदेशमा बस्ने नेपालीको पनि मन जितिरहेका छन्।  

 

गीत सङ्गीतमार्फत सामाजिक यथार्थतालाई छर्लङ्ग पार्न सिपालु नवीनको पछिल्लो गीतले बजारमा निक्कै चर्चा कमाएको छ। ‘चार बजे स्कुल बाट घरमा आइनन् भनी, बस्नुपर्छ बाउआमाले औँला गनि गनि, जोगाउनै गाह्रो, फुलेको तोरीलार्इ बैँस आकी छोरीलार्इ जोगाउनै गाह्रो, यो गीत युट्युबमा एक महिनामा करिब सात लाख दर्शक श्रोताले हेरेका छन् । 

 

यो गीतमार्फत पौडेलले बिशेशगरि महिला अथवा छोरी मान्छेहरुको सामाजिक सुरक्षाको आवाज उठाएका छन् । त्यसो त यसभन्दा अगाडि ‘पल्ला घरका जेठाजुले आइए बिए बढ्छन हाम्रा घरका नामर्दत भर्याङ चढ्दा लड्छन्– के सम्झनु छर जान्न मत त्यो घर,’  ‘ए हजुर सुन्नु भाछर,’   ‘हरेक जातजाती छौँ नानाथरी,’ ‘यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा,’ ‘दुखका दिन गए,’ ‘नयाँ पार्टी खोल्छु,’ ‘बुलाकी झुम्काना,’ ‘श्रीनगर बतासे डाँडैमा’ लगायताका दर्जनौं गीत हरुले बजारमा अमिट छाप छोडिसकेका छन् । 

 

उनले युरोपका विभिन्न देशहरु लक्जेम्बर्ग, बेल्जियम, फ्रान्स, जर्मनीमा यिनै गीतहरुमार्फत भरपुर मनोरञ्जन दिएका थिए । उनले थपे, ‘विदेशमा बस्ने नेपालीहरुमा कला संस्कृतीको माया र मोह अझ बढी रहेछ ।’

 

यथार्थपरक एवंम् समयसापेक्ष गीतका पर्याय नवीन यो भन्दा  अघि जापान, मलेसिया, युएर्इ, बाङ्लादेशलगायतका देशहरुमा पुगेर त्यहाँ रहेका नेपालीहरुको मन जितिसकेका छन् ।

 

प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय सदस्य पनि हुन् पौडेल । 


थप समाचार

१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

  • 24 minutes ago
१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएकी छिन् ।

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 1 hour ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 1 hour ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।