युरोपबाट फर्किएपछि ‘कस्तो आयो जमाना’ लिएर आए नविन

काठमाडौं । समाजको यथार्थतालार्इ गीतमा उतार्न सिपालु गायक नविन पौडेलले पछिल्लो समयमा अर्को गीत बजारमा ल्याएका छन् ।

 

‘आफ्नै मान्छे जहिले नि टा–टाढा बन्ने, बुटवल तिरै भएनी धरान छु भन्ने दुनियाँलार्इ चाहिनी, कस्तो आयो मोबाइलको जमाना पनि जेबोल्ननी पाइनी, कस्तो आयो ईन्टरनेटको जमाना पनि जे हेर्न नि पाइनी,’ ‘कस्तो आयो जमाना’  बोलको गीतमार्फत यथार्थता पस्किन खोजिएको छ । 

 

आधुनिकता र प्रविधिमा भैरहेको विकासले समाजलाई कति असर गरेको छ र कति सपोर्ट गरेको छ भन्ने कुरा गीतमा दर्साइएको छ । त्यसो त नवीन समयसापेक्ष र यथार्थपरक गीतका पर्याय नै हुन् । 

 

यसअघि ‘फुलेको तोरीलार्इ बैँश आकी छोरीलार्इ जोगाउनै गाह्रो’ बजारमा ल्याएर निक्कै नै सफलता हासिल गरेका पौडेलको यो ‘कस्तो आयो जमाना’ बोलको गीत तीजको अवसरमा निकालिएको हो । 

 

यस गीतमा नविन पौडेल र कोपिला गौतमको स्वर सुन्न सकिन्छ । शब्द संगीत स्वयम् नवीन पौडेलको रहेको छ भने म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । 

 

नवमोडल रविन्द्र पन्त र रिना थापामगरले अभिनय गरेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् । यो गीतलार्इ रक्षा म्यूजिकले बजार व्यवस्थापन गरेको छ । 

 

नवीनका सबैजसो गीतहरु युट्युबमा हेर्न सकिन्छ ।  पौडेल प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय कलाकार मञ्च  नेपालका उपाध्यक्ष समेत हुन् । स्टेज प्रस्तुतिमा निक्कै नै अब्बल नवीन भर्खर युरोपको साङ्गीतिक कार्यक्रम सकेर नेपाल फर्किएका हुन् ।


थप समाचार

पुलिसलाई हराउँदै च्यासलले जित्यो उपाधि राइनो गोल्डकपको उपाधि

  • 1 minute ago
पुलिसलाई हराउँदै च्यासलले जित्यो उपाधि राइनो गोल्डकपको उपाधि

कावासोती । एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार

किन झमझमाउँछ खुट्टा ?

  • 5 minutes ago
किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छः नेता शर्मा

  • 25 minutes ago
राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छः नेता शर्मा

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।