'नाईं नभन्नू ल ५' को दोस्रो गीत सार्वजनिक

काठमाडौं । भदौ ८ गते रिलिज हुन गइरहेको नेपाली चलचित्र ‘नाईं नभन्नू ल ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ । 

 

आफ्ना हरेक फिल्ममा नयाँ कलाकार तथा गायक गायिकालाई अवसर दिँदै आएका निर्देशक विकास आचार्यले यो गीतमा समीक्षा अधिकारीलाई मौका दिएका छन् । 

 

छक्का पञ्जा ३ को सुटिङको क्रममा स्कुलको कार्यक्रममा समीक्षालाई नाईं नभन्नू ल कै गीत गाइरहेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदिप कुँवरले भेटेपछि दुवैले समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए । 

 

नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार बसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका थिए ।

 

कविराज गहतराजले निर्देशन गरेको गीतमा अनुभव र सेड्रिनाको नृत्य रहेको छ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् ।

 

हेर्नुहाेस् भिडियाे:

 


थप समाचार

मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

  • 18 minutes ago
मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका

५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

  • 32 minutes ago
५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

काठमाडौं । सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

  • 36 minutes ago
१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

धनकुटा । २२ वर्षदेखि धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी उनी मृत्युपछि आफ्नो काजकिरिया कसले गरिदेला भन्ने चिन्तामा पिरोलिएकी छन् । यो उमेरमा उनी आफन्तको खोजीमा लागेकी हुन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।