IIMS College

ISMT

HUB Education

'नमस्ते एटुजेड' ले च्यारिटीका कार्गोमा सेवा शुल्क नलिने

  • सोमबार, १४ पुष, २०७६
  • 1 month ago
  • युके
नमस्ते एटुजेडका सञ्चालकहरु बाँयाबाट क्रमशः सन्तोष कार्की, कपुर राणा, सुलभ श्रेष्ठ र राजेन्द्र खस ।
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतमा कार्गो तथा कुरियर सेवा प्रदान गर्दै आएको कम्पनी नमस्ते एटुजेड ले स्थानीय समुदायको च्यारिटी प्रोजेक्टहरुमा हातेमालो गर्ने अभियान सुरु गरेको छ ।

 

कम्पनीले परोपकारी कार्यको लागि आफ्नो सेवा प्रयोग गर्ने कुनै पनि संघसंस्थाको लागि ह्याण्डलिंग शुल्क ( सेवा शुल्क) नलिने घोषणा गरेको छ । 

 

कम्पनीले आइतबार लण्डनको वुल्वीचस्थित फयुजन रेष्टुरेन्टमा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुको जमघटमा समुदायसंगको सहकार्यको लागि आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो । 

 

'हाम्रो व्यवसाय आफ्नो ठाउँमा छ । तर एक व्यवसायिक कम्पनीका रुपमा  यहाँको समुदायप्रति पनि त हाम्रो केहि जिम्मेवारी छ भन्ने हामीले ठानेका छौं', कम्पनीका एक निर्देशक सुलभ श्रेष्ठले भने, 'नेपालमा च्यारिटी प्रयोजनमा सामान पठाउने सबै संघसंस्थाहरुले यो सेवाबाट लाभ लिनुहुनेछ भन्ने हामीलाई आशा छ ।' 

 

लण्डनको प्लमस्टिडमा मुख्य कार्यालय रहेको कम्पनीले बेलायतका विभिन्न १ दर्जन क्षेत्रस्थित एजेण्टहरुमार्फत पनि आफ्नो सेवा दिंदै आएको छ । नेपालमा काठमाडौंको पकनाजोलमा कम्पनीको कार्यालय छ । 

 

नमस्ते एटुजेडमार्फत बेलायतबाट नेपालमा पठाएको सामान कम्पनीकै कार्यालयबाट सम्बन्धित ठाउँमा वितरण हुने तथा कुनै तेस्रो पक्षको संलग्नता नरहने कारण आफ्नो सेवा थप भरपर्दो रहने उनीहरुको भनाइ छ । 

 

 

नमस्ते एटुजेड 'इन्टरनेसनल एअर ट्रान्सपोर्ट एशोसिएसन' ( आएटा) बाट मान्यताप्राप्त छ । कम्पनीका निर्देशक सन्तोष कार्कीका अनुसार बेलायतमा नेपालीहरुबाट सञ्चालित कम्पनीमध्ये यो मान्यता प्राप्त गर्ने नमस्ते एटुजेड नै पहिलो र एकमात्र कम्पनी हो । जसकारण कम्पनीले कुनै अरु एजेण्टको सहयोग बिना नै आफै विश्वभर कार्गो तथा कुरियर सेवा प्रदान गर्न सकेको कार्कीले बताए ।  

 

समुदायका प्रतिनिधिसंगको अन्तरक्रियात्मक कार्यक्रममा कम्पनीका अर्का निर्देशक राजेन्द्र खसले कम्पनीबारे जानकारी प्रस्तुत गर्दै विभिन्न सम्भावना र चुनौतिहरुबारे प्रष्ट पारेका थिए । 

 

त्यसअवसरमा एनआरएन यूके महासचिव फडिन्द्र भट्टराईले नमस्ते एटुजेडले समुदायलाई सघाउने लक्ष्यमा सुरु गरेको अभियानको प्रशंसा गरे । नेपाल पत्रकार महासंघ यूकेका महासचिव सञ्जयभक्त कँडेल, दिदीबहिनी समुहका श्रद्धा थापा, माया केसी, अञ्जना थापा लगायतले शुभकामना दिए । 

 

५ वर्षअघि सञ्चालनमा आएको नमस्ते एटुजेडका सञ्चालकहरु सन्तोष कार्की, सुलभ श्रेष्ठ, राजेन्द्र खस, कपुर राणा र केबी क्षेत्री हुन् । कम्पनीले कार्गो र कुरियरका साथै एअर टिकेटिंगको सेवा पनि दिंदै आएको छ । 

 

कम्पनीका सेवा तथा सुविधाबारे सबै जानकारी उसको वेबसाइट https://www.namastea2z.co.uk/ मा उपलब्ध छ । 

 

 


थप समाचार

नेकपाद्वारा आचारसंहित पालना गर्न फेरि अर्को सर्कुलर

  • 44 seconds ago
नेकपाद्वारा आचारसंहित पालना गर्न फेरि अर्को सर्कुलर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ । यसअघि पनि पार्टीले आचारसंहिताको पालना गर्नको लागि सर्कुलर जा

इन्डोनेसियामा भूकम्पको ठूलो धक्का

  • 7 minutes ago
इन्डोनेसियामा भूकम्पको ठूलो धक्का

एजेन्सी । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।

दक्षिण कोरियामा जन्मदर घट्यो

  • 9 minutes ago
दक्षिण कोरियामा जन्मदर घट्यो

एजेन्सी । लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केबल तीन लाख शिशुको जन्म भ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।