यस्ता व्यक्तिलाई भुलेर पनि नमस्कार नगर्नुस्

एजेन्सी । सामान्यतया आफूभन्दा ठूलाको मान र सम्मानको लागि हिन्दु परम्परा अनुुसार नमस्कार गर्ने चलन चल्दै आएको छ । हाम्रो समाजमा नमस्कार नगर्ने व्यक्तिलाई चढेको र घमण्डीको संज्ञा दिइन्छ । तर समाजमा कोहि यस्ता व्यक्ति पनि हुन्छन् जसलाई नमस्कार गर्नुभन्दा नगर्नुमा फाइदा हुन्छ ।

 

हिन्दु शास्त्रका अनुसार कतिपय नेपाली संस्कृतिमा त्यस्ता समय पनि हुन्छन् त्यतिबेला नमस्कार गर्नुलाई विलकुलै राम्रो मानिदैन र संस्कार नपाएको आरोप समेत लाग्न सक्छ ,

 

ती व्यक्ति जसलाई कहिल्यै नमस्कार नगर्नुस्:

 

मुर्ख मानिस

आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार गर्दा उसले दिन सक्ने प्रतिक्रियाले झन् आफैलाई नराम्रो असर गर्न सक्छ । उसले गर्न सक्ने व्यवहार आफूप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

 

नुहाइरहेको व्यक्ति

नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन । किनकी यसले नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई अप्ठ्यारो हुन सक्छ ।

 

दौडिरहेको व्यक्ति

दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

 

धनको अंहकार गर्ने व्यक्ति

यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुन सक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

 

पानीमा रहेको व्यक्ति

पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

 

जुठो परेको व्यक्ति

यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

 

टाढा रहेको व्यक्ति

आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ ।


थप समाचार

फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

  • 1 minute ago
फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

पछिल्लो समय रिलिज भएको सलमान खानको फिल्म रेस ३ ले बक्स अफिसमा खासै कमाल गर्न सकेन । तर, उनको फिल्मले निर्मातालाई घाटा पनि बनाएको छैनन् । एकपछि अर्को फिल्ममा भने उनी व्यस्त रहेका छन् ।

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

  • 20 minutes ago
काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

काठमाडौं । नेपाली काँग्रेस चितवनका पूर्व कार्यवाहक सभापति एवँ पूर्व सांसद तीर्थराज भुसालको नेकपा प्रवेशप्रति उनका परिवारजनले आश्चर्य प्रकट गरेका छन् । नेता भुसालले चालेको उक्त कदमलाई उनकै श्रीम

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

  • 31 minutes ago
मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेक्सिको सिटी । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ ।



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।