नम्रता श्रेष्ठ आइपुगिन् लण्डन, 'प्रसाद' को रेड कार्पेट शो शनिबार

  • बिहीबार, २६ पुष, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । नेपाली चलचित्रकी अहिलेकी सर्वाधिक लोकप्रिय मानिने नायिका नम्रता श्रेष्ठ लण्डन आइपुगेकी छन् । आफ्नो नयां चलचित्र 'प्रसाद'को बेलायतमा हुने रेड कार्पेट प्रिमियर शोमा भाग लिन उनी लण्डन आएकी हुन् । 

 

विहिबार बिहान लण्डनको हिथ्रो विमानस्थलमा नम्रतालाई बेलायतमा प्रसाद शोका आयोजक जि नाईन इन्टरटेनमेन्ट, ह्याब अ मोमेन्ट र लेक्स लिम्बू लगायतको समुहले स्वागत गरेको थियो । नम्रताको यो पहिलो बेलायत भ्रमण हो ।  

 

नम्रता यहि शनिबार जनवरी १२ मा अल्डरसटको प्रिन्सेस हलमा आयोजना हुने प्रसादको रेड कार्पेट प्रिमियर शोमा सहभागी हुनेछन् । 

 

त्यसअघि जनवरी ११ शुक्रबार  लण्डनको सोआस् युनिभर्सिटी नेपाली सोसाइटीले नम्रतासंग एक अन्तरक्रियात्मक कार्यक्रम गर्दैछ । जहां उनले आफ्नो करियर र समग्र नेपाली चलचित्र क्षेत्रका बारेमा बोल्नेछिन् । 

 

जनवरी १३ आइतबारका दिन अल्डरसटको डि लञ्जमा नम्रतासंगको मिट एण्ड ग्रिट कार्यक्रम राखिएको छ । त्यस्तै, सोमबार साउथ ह्यारोस्थित माया पबमा पनि उनीसंगको अन्तरक्रिया हुंदैछ । जनवरी १५ मा नम्रता नेपाल फर्किने योजना छ । 

 

अल्डरसटमा रेड कार्पेट प्रिमियर भइसकेपछि प्रसादलाई बेलायतका विभिन्न क्षेत्रस्थित नेपालीहरुमाझ पनि देखाउने तयारी आयोजक जि नाईन, ह्याव अ मोमेन्ट र लेक्स लिम्बूले गरेका छन् । 

 

प्रसाद सामाजिक कथामा बनेको चलचित्र हो । दिनेश रावत निर्देशित चलचित्रमा नम्रताको साथमा विपिन कार्की र निश्चल बस्नेतको मुख्य अभिनय छ । 

 

डिसेम्बर ७ देखि प्रदर्शनमा आएको चलचित्रले गतिलो व्यापार र लोकप्रियता कमाउन सफल भएको छ । 

 


थप समाचार

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 18 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 23 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

  • 25 minutes ago
प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।