नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने, अहिलेसम्मकै ठूलो पहिरो

  • मंगलबार, २६ भदौ, २०७५
  • 10 months ago
  • नेपाल
file-photo
Education Park

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । 

 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने, ‘निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।’

 

सो ठाउँमा तीन लोडर र दुई एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार १०० मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो । 

 

चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालले बताए । सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा पनि पहिरो खसेका छन् । 

 

ती ठाउँका पहिरो सानो भएकाले छिट्टै सफा गर्न सकिने आयोजनाले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ । 

 

सडक बन्द भएसँगै यात्रु प्रभावित भएका छन् । हरितालिका तीजको आज दरखाने दिन भएकाले माइत जाने, आउने सयौँ महिला सडकमै बिचल्लीमा परेका छन् । 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 5 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 5 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 5 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।