Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकहाँ हरायो पनडुब्बी, केही घण्टाका लागिमात्र बाँकी छ अक्सिजन !

कहाँ हरायो पनडुब्बी, केही घण्टाका लागिमात्र बाँकी छ अक्सिजन !


एजेन्सी । टाइटानिकको भग्नावशेष देखाउन लगिएको पर्यटक पनडुब्बीको कुनै पत्ता लागेको छैन। यो पनडुब्बी उत्तरी एट्लान्टिक समुन्द्रमा बेपत्ता भएको थियो ।

त्यसयता गहिरो अनुसन्धान गर्दा पनि अहिलेसम्म केही पनि फेला नपरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

क्यानाडाको एउटा जहाजले पानीमुनिबाट केही आवाज सुनेको, तर केही नदेखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हालसम्म पनि नभेटिएको उक्त पनडुब्बीबारे विभिन्न अड्कलबाजीहरु गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार अब उक्त पनडुब्बीमा ९ घण्टा मात्र अक्सिजन बाँकी छ ।

पनडुब्बीमा ५ जना सवार रहेका छन् जो टाइटानिकको भग्नावशेष हेर्न उक्त पनडुब्बीबाट गएका थिए ।

क्यानेडियन कोस्ट गार्ड गाडीले लगातार यस पनडुब्बीको बारेमा पत्ता लगाउन प्रयास गरिरहेको छ। क्यानडाको कोस्ट गार्डको गाडीले समुद्र भित्रबाट केही आवाज सुनेको खबर एक दिन अगाडि आएको छ । यसले आशा जगाएको बताइएको छ । तर समाधान भने निस्किएको छैन ।

अमेरिकी कोस्ट गार्डले भनेका छन्,‘खोज टोलीले मंगलबार पानीमुनि रोबोटिक सर्च अपरेशन (आरओभी) गरेको थियो जसले विस्फोटको आवाज कहाँबाट आयो भनेर पत्ता लगाउने प्रयास गरेको थियो। तर, कुनै फाइदा भएन । सोही समयमा, तटरक्षक बलले यसबारे कुनै विशेष जानकारी दिएको छैन।’

उत्तरी एट्लान्टिक महासागरको ३०० माइलमा अनुगमन भइरहेको बताइएको छ ।

अब एक सेकेण्ड ढिलाइले पर्यटकको ज्यान गुम्ने खतरा बढ्दै गएको बताइएको छ ।

१० घण्टाभन्दा कम अक्सिजन बाँकी रहेको अवस्थामा खोजतलासलाई तीव्रता दिइएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT