नार्कले विश्वस्त पार्न नसक्दा खुमल-१० राेप्न चाहँदैनन् किसान

फाइल फाेटाे

ललितपुर । रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले किसानलाई खुमल–१० रोप्नेबारे विश्वस्त पार्न सकेको छैन । 

 

नार्कले केही वर्षयता किसानलाई खुमल–१० सिफारिश गरिरहे पनि किसानले भने खुमल–४ नै लगाउने गरेका छन् । 

 

खुमल–४ को उत्पादन क्षमता बढी भएकाले किसान त्यसप्रति आकर्षित भएको बाली विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक राजेन्द्र भट्टराईले बताए । 

 

खुमल–४ लाई रोगले आक्रमण बढी गरेका कारण केही वर्ष अघि नार्कले खुमल–१० को विकास गरेको हो । किसान भने अझै पनि खुमल–४ नै रोज्ने गरेका छन् । उनेले भने, ‘किसानले रोग लागे पनि धेरै उत्पादन दिने जात नै रुचाउँछन् ।’ 

 

खुमल–४ ले प्रतिहेक्टर झण्डै ६ टन उत्पादन दिन्छ भने खुमल–१० ले प्रतिहेक्टर पाँच टन मात्र उत्पादन दिन्छ । किसानले धानमा रोग प्रतिरोधात्मक क्षमता, उत्पादन, स्वाद, नढल्नेलगायतका गुण हेर्ने गरेको भट्टराईले बताए । 

 

‘अवगुण भए पनि किसानले उत्पादन क्षमता बढी भएका जात नै रुचाउने गरेका छन्’, भट्टराईले भने । एउटा जातको धानको बीउ लामो समयसम्म लगाउँदा त्यसमा भएका गुण विस्तारै हराएर जाने उनले बताए । 

 

वि.सं. २०४४ मा नार्कबाट सिफारिश भएको खुमल–४ मा विभिन्न समस्या देखिन थालेपछि खुमल–१० सिफारिश भएको हो । उनले भने, ‘खुमल–४ जस्तै उत्पादन दिनसक्ने नयाँ जात अहिले आवश्यक देखिएको छ ।’ 

 

नार्कअन्तर्गतको बाली वनस्पति महाशाखाले नयाँनयाँ धानको बीउका जात सिफारिश गर्दै आएको छ । बाली विज्ञान महाशाखाले भने सिफारिश भएका जातको परिमाण बढाएर विभिन्न माध्यमले किसानलाई बीउ उपलब्ध गराउँदै आएको छ । 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 10 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 55 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 57 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।