IIMS College

ISMT

HUB Education

अन्तरमनका कुनाबाट नारीत्वको आभास अनि समाजको नारीवादी यथार्थता

“नारी पुरुष सरोवरी सधैभरी वरोवरी”

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

 आज अन्तराष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ तारिकका दिनलाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा मनाइदै आएको पाइन्छ । यो दिवस महिला जगरुकताको दिवस पनि हो भनेर विज्ञहरुले भन्ने गरेको पनि सुन्न पाउँछौ ।  

 सृष्टि संरचनाको वलियो आधार  अनि समाज निर्माणको आधार  स्तम्भ  नारी शक्ति समाजको   एक अपरिहार्य  शक्ति हो । आमा दिदी ,बहिनी , भाउजु , बुहारी ,श्रीमति , अनि मायालु वा प्रमिका यी सबै नारी पात्र हुन् । जसले संसारको आधा आकास ढाकेका  छन्  र पुरुषको अस्तित्वलाई पूर्ण  बनाएका छन् । तसर्थ पनि आज नारीहरुको सम्मान र व्यक्तित्वको कदर गदै विभिन्न कार्यक्रम गरि  विश्वभर नारी दिवस मनाउने गरिन्छ ।

 

नारी दिवसको सन्दर्भ पारेर केही दिन अगाडीदेखी नै बढीजसो शहर केन्द्रित कार्यक्रमहरु पनि भएका छन्।  घर परिवारको व्यवस्थापन देखि सामाजिक आर्थिक लगायत विकासका धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागितार नेतृव्वको क्षमताको प्रसंसा गदै यस अवसरमा कार्यक्रम पनि गरेको देखिन्छ ।

 

यस वर्षको अन्तराष्ट्रिय नारी दिवसमा विभिन्न नारी केन्द्रित संघसंस्था तथा सामाजिक  अभियान्ताहरुले “परिवर्तनका लागी खरो भएर उत्रिऔं, अनि अझ समावेशी र  लैङ्गिक समानता सहितको कार्य वातावरणका लागी ” भनेर मनाउने पैरवी समेत  गदैं आएका छन्।  तर धेरै कार्यक्रमहरु केवल  कार्यक्रमा मात्र सिमीत छन् भन्ने गुनासो पनि यत्रतत्र सुन्नमा आउँछ ।र यथाथमा पनि यसै भएको पाइन्छ । हाम्रो नेपाली समाजको र्पैतृक  तथा लैङ्गिक संरचना र कमजोर मानसिक प्रावधानका कारण समाजमा दैनिक जसो आज पनि महिला हिंसा भएकै छन् भने भेदेभावको अवस्थाले पनि पुर्णरुपमा काँचुली फेर्न पाएकै छैन।  अझै पनि समाजमा व्याप्त अतिवादी संकिर्ण चिन्तनबाट हाम्रो समाज मुक्त हुन सकेको छैन।  

 

आजको २१ औं शताब्दिको अत्याधुनिक युगमा पनि महिला निरिह कुटिन्छन्, पराइको त के कुरा  आफ्नै आपन्तबाट  नारीाहरु बलात्कृत हुन्छन्, हरेक निर्मला पन्त जस्ता  धेरै निर्मला बालीकाहरु बलतकृत भएर मारिएकोको सुन्दा र जोकोहीको मुटु भक्कानिएर  आउँछ । आज  पनि बोक्सीको आरोपमा एउटी नारीलाई मानव मलमुत्र खुवाइन्छ , अपमान गरिन्छ । छाउडिका नाममा भोग्नु परेका कष्टको त के बयान  कति नारीहरुले मृत्युवरण समेत गर्न परेको छ ।  महिला हिंसा , भेदभाव । महिला वेचविखन , घरेलु हिंसा , सामाजिक हिंसा आदिका कारण नारी अझै दिनहीन अवस्थामै गुज्रीएका छन् ।  नारी स्वतन्त्रता  र समानताका जतिसुकै चर्का आवाज उठेतापनि व्यवहारमा पूर्णतया कहीं कतै लागू भएकै छैन। 

 

नारी अधिकार र कानुनहरु  कागजमा  जति सुनौला अक्षरमा सजिएका छन् त्यति सुन्दर हुनेगरि व्यवहारमा देख्न पाए कस्तो हुने थियो होला भन्ने आज पनि हरेक असल मानिसको मनमा खडकिएको छ। ऋाज पनि नारीले आफ्नो हक अधिकारको पूर्ण प्रत्याभूत गर्न पाइरहेएका छैनन् ।   नारी जाती अझै पनि कम्जोर अवश्थामा गुज्रीएका छन्। अझै पनि ग्रामिण क्षेत्रका र श्रमिक पहिलाहरुको हक अधिकार सुनिश्चित हुन सकेको छैन । समानत  र अस्तित्वको अधिकार टाढैको विषय बनेको छ । सुधारको सकारात्मक गति भएतापनि कछुवाको गति छ । अझै पनि सामाजिक , सांस्कृतिक विभेदमा आधारित हानिकारक परम्पराले जरो गाडेको र यसलाई मल जल गर्ने  काममा पितृसत्तात्मक र पुरुषवादी  मानसिकताले  सहयोग गरेको छ ।

 

 तर सबैले आ—आफूले  छातीमा हात  राखेर आफैलाई सोधौ के म साँच्चिकै नारी पात्रमाथी न्याय गरेको छू ? के हामी नारी नारी विचमा पनि एकता छ ? के हामीले आफ्रनो अधिकार  खोजीरहँदा आफ्नो सिप र निर्णय क्षमतालाइ पनि बढाउन कोशिस गरेका छौ । 

 

के राज्यका माथिल्ला तहमा पुगेका महिलाहरुले नारी पात्रको उत्थानका लागी वास्ता गरेका छौ?  के एउटी आमा र वुवाले छोरीलाइ छोटो लुगा नलगाउ भनिरहँदा छोरालाई हिंसा नगर्न सिकाएका छाौ ? के नारी समानता  र नारी अस्तित्व बारे साँच्किै बोध गरेर व्यवहारमा लागू गर्न कोसिस हामीबाट भएको छ ?  के आर्थिक सामाजिक  समृद्धिको लागी  महिलाको    सकृय सहभगीता  अति आवश्यक छ   साथै मनुस्य जाती को जीवन सभ्यता र संस्कृतिको  हितको लागी पनि महिलालाइ सवल सक्षम र शसक्त बनाउन अवसर दिनु पर्छ भन्ने कुरमा राज्यले गम्भीर भएर सोचेको छ त ? यी विविध प्रश्न लाइ महिला पुरुष सबैले  गम्भीर भएर  सोच्ने  नारी अस्तित्वलाइ बुझ्ने र व्यवहारमा लागू गर्ने हो भने असल राष्ट्रका असल नागरिक भइ हामी सबै धन्य हुने  थयौं कि !   

 


थप समाचार

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 13 minutes ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 24 minutes ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन

मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

  • 31 minutes ago
मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि सरकारले ‘लकडाउन’को अवधि बढाएको छ । यसक्रममा काठमाडौँ उपत्यकाका धेरै सर्वसाधरणहरु घरभित्रै बसिरहेका छन् । तर, केही भने अत्यावसेक कामको कारण बा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।