क्वारेन्टाइन अभियान नाट्य महोत्सवमा आज दुई नाटक प्रशारण हुँदै

काठमाडौँ । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ अन्तर्गत आज दुई नाटकहरु प्रशारण हुने भएको छ । महोत्सवको चौधौं दिन आज हाँस्यव्यङ्ग्य विधाको नाटक ‘अंधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’ प्रशारण हुन लागेको हो । 

 

दिउसो एक बजे थिएटर मलको फेसबुक पेजमार्फत् प्रसारण हुने अंधेरी नगरी चौपट राजाले विवेकहिन र निरङ्कुश शासन व्यवस्थामाथि व्यङ्ग्य गर्छ। नाटकलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले मिलेर गरेका हुन्। नाटकमा प्रयोग हुने संगीत संयोजन पनि संगीत सापकोटाले तयार गरेका छन्।

 

नाटकमा जीवन भट्टराई, श्रवण राना, सञ्जित प्रताप मल्ल, स्लिम जीवन, आर्जेश रेग्मी, सागर दाहाल, बारात लिम्बु, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डे लगायत कलाकारको अभिनय रहेको छ।

 

 

त्यस्तै, साँझ पाँच बजे भने डान्स ड्रामा ‘द फ्लाइट’ देखाइनेछ। मानव तस्करीविरुद्धको कथा रहेको नाटकलाई एलिज बियनले लेखन तथा निर्देशन गरेकी हुन्।

 

नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टि महर्जन, निशिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु, विक्रम श्रेष्ठ, सुशील भण्डारी लगायत कलाकारहरु छन्।


थप समाचार

खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

  • 28 seconds ago
खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्या

साढे ६ लाख रोजगारी सिर्जनाका आधार

  • 5 minutes ago
साढे ६ लाख रोजगारी सिर्जनाका आधार

काठमाडौँ । कोरोनाको करहबीच सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत करिब साढे छ लाख थप रोजगारी सिर्जना गर्ने आधार प्रस्तुत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठ

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 2 hours ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।