IIMS College

ISMT

HUB Education

राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

फिदिम । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।

 

नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो । 

 

भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा सोमबार पाँचथर आउने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो । 

 

राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिए । 

 

उक्त कार्यक्रमको तयारी पूरा भएको तथा सोही अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत आयोजना गरिएको उनले बताए ।

 

सोमबार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि उनीहरूको नामावली जिल्ला प्रशासन कार्यालय पाँचथरमा सार्वजनिक गरिएको छ । विवरण सङ्कलनको समयमा जस्तै राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यक्तिको जैविक विवरण परीक्षण गरेर मात्रै वितरण गर्ने विभागको तयारी छ । 

 

सोमबारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने विभागले जनाएको छ । पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । 

 

सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ ।

 

यसै आर्थिक वर्षमा प्रदेश नं. १ का झापा र सङ्खुवासभा, प्रदेश नं. २ का महोत्तरी र सप्तरी, प्रदेश नं. ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं. ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको विभागका निर्देशक न्यौपानेले जानकारी दिए । 

 

ती जिल्लामा कार्यालय स्थापना तथा जनशक्ति व्यवस्थापनको कार्य चाँडै शुरु हुने उनको भनाइ छ ।


थप समाचार

महारानी एलिजाबेथले नाति ह्यारीलाई भनिन्ः,‘शाही परिवारको जिम्मेवारीबाट तिमी स्वतन्त्र भयौँ’

  • 4 minutes ago
महारानी एलिजाबेथले नाति ह्यारीलाई भनिन्ः,‘शाही परिवारको जिम्मेवारीबाट तिमी स्वतन्त्र भयौँ’

युके । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ ।

चर्चामा ‘लिपस्टिक अन्डर माई बुरखा’अभिनेत्री अहानाको हट तस्बिर

  • 8 minutes ago
चर्चामा ‘लिपस्टिक अन्डर माई बुरखा’अभिनेत्री अहानाको हट तस्बिर

एजेन्सी । अभिनेत्री अहाना कुमरा सँधै आफ्नो तस्बिरको कारणले चर्चामा रहन्छिन् । चर्चित फिल्म ‘लिपस्टिक अन्डर माई बुरखा’की अभिनेत्रीको बोल्ड तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएको छ ।

अन्ततः गायिका आस्था राउतलाई पक्राउ गर्ने अनुमति प्रहरीले पायो

  • 24 minutes ago
अन्ततः गायिका आस्था राउतलाई पक्राउ गर्ने अनुमति प्रहरीले पायो

काठमाडौँ । गायिका आस्था राउतविरुद्ध विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

आफ्नै मृत्युको नाटक गर्दै १४ करोड बीमा रकम ठग्न खोजेपछि...

एजेन्सी । बेलायतमा एक पाकिस्तानी व्यक्तिले आफ्नो मृत्युको नाटक गर्दै बीमा कम्पनीबाट करोडौं मूल्य ठग्ने प्रयास गरेपछि ती व्यक्ति पक्राउ परेका छन् ।