ISMT

HUB Education

मालपोत कार्यालयले खोज्न थाल्याे राष्ट्रिय परिचयपत्र

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

पाँचथर । मालपोत कार्यालयले जग्गा किनबेच गर्न आउने सेवाग्राहीबाट राष्ट्रिय परिचयपत्र खोजी गर्न थालेको छ ।

 

जग्गा धनीपुर्जाको विवरणसमेत परिचयपत्रमा राख्न सकिने भएकाले सो परिचयपत्र माग्न थालिएको  कार्यालयका प्रमुख बाबुराम पोखरेले बताए ।

 

पाँचथरबाटै परिचयपत्र वितण शुरु गरिएको हुँदा उक्त कार्यालयले जग्गाको सम्पूर्ण कामकाज अनलाइन प्रणालीबाट गरिरहेकाले पनि परिचयपत्र खोजी गर्न थालिएको उनको भनाइ थियो ।

 

अनलाइन प्रणालीबाट नै काम भइरहेकाले परिचयपत्रको लिङ्क मालपोतको सर्भरमा राख्न थालिएको जानकारी दिँदै कार्यालय प्रमुख पोखरेलले भने, ‘अहिले नागरिकताको विवरण मात्र राष्ट्रिय परिचयपत्रमा समावेश भएकामा जग्गा धनीपुर्जाको विवरणसमेत उक्त परिचयपत्रमा राख्ने व्यवस्था मिलाइएको छ ।’

 

सोही अनुरुप धनीपुर्जाको विवरण त्यहाँ समावेश गर्न परिचयपत्र माग्न थालिएको हो । उनले थपे, ‘परिचयपत्र अनिवार्य गरेका त हैनौँ । उक्त पत्रमा बिस्तारै सम्पूर्ण विवरण राख्न राखिने भएकाले हामीले अहिले नै शुरु गरेका हौँ ।’

 

जग्गाको कारोवार नागरिकताबाटै भइरहे पनि राष्ट्रिय परिचयपत्र बनाएका सेवाग्राहीलाई कार्यालय आउँदा अनिवार्य उक्त परिचयपत्र लिएर आउन सो कार्यालयले स्थानीय पत्रपत्रिका र रेडियोमार्फत जानकारी गराउँदै आएको छ ।


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 4 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 4 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।