यस्तो छ आविष्कार केन्द्रले कोरोना संक्रमितको सेवाको लागि बनाएको रोबोट

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने रोबोट बनाएको छ । संक्रमित र स्वास्थकर्मीबिचको दूरीको मध्यस्तता गर्ने गरि केन्द्रले रोबोट बनाएको हो ।

 

आविष्कार केन्द्रका सुरज कार्कीका अनुसार यो रोबोट करिब १२ दिन लगाएर बनाएको हो । सो रोबोटले कोरोनाका बिरामीहरूलाई खाना, औषधिलगायतका सामग्री पुर्‍याउने छ । यस्तो रोबोट नेपालकै पहिलो भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् । पुनले फेसबुकमा लेखेका छन्, ‘यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्छ,’ पुनले आफ्नो फेसबुकमा रोबोटको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ ।’

 

‘यो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरूलाई ११ दिन जति लाग्यो । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो । अन्य पार्टपुर्जाहरूको मात्र मोटामोटी खर्च ७५ हजार रुपैयाँ जति लागेको छ,’ पुनले लेखेका छन् ।

 

रोबोट आइतबार नेपाली सेनालाई हस्तान्तरण गरिने भएको छ ।

 

 


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 52 minutes ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 1 hour ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 1 hour ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।