एक यस्ता चोर जसले इतिहास रचे

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ । 

 

नब्बेको दशकमा एकपछि अर्को गर्दै ठगीको समाचारहरु बाहिर आउन थाले । यसको रहस्य बाहिर आएपछि नटवरलाल एकाएक चर्चीत बने । 

 

कानुनको नजरमा नटरवरलाल दोषी ठहरिए पनि उनी यसलाई समाज सेवा मान्थे । 

 

आफ्नो पुर्ण जीवनमा उनले करोडौँ रुपैयाँ ठगे । उनले मानिसहरुलाई झुट बोलेर पैसा लिने गर्थे । उनी भन्थे,‘मेरो कुरा विश्वास गरेर उनीहरु मलाई पैसा दिन्थे । यसमा मेरो के दोष ।’

 

नटवरलाले दाबी गर्दै भनेका थिए,‘यदी सरकारले अनुमति दिएमा ठगीकै भरमा म देशको विदेशी ऋण तिरिदिनेछु ।’

 

ठगीकै कारण उनी मोस्टवान्टेड सुचीमा रहेका उनले विभिन्न सरकारी अड्डा, कार्यालयलाई धेरैपटक बेचे । 

 

नटरवरलालको असली नाम मिथिलेस कुमार श्रीवास्तव थियो । उनी पेशाले एक वकिल थिए । मिडिया रिपोर्टका अनुसार उनको जन्म भारतको सिवान जिल्लामा भएको थियो । आज उक्त गाउँमा नटवरलाललाई दन्त कथामा मानिसहरु सम्झने गर्छन् । उनले भारतका कैयौ ऐतिहासिक धरोहरहरु बेचे । त्यो पनि धेरै पटक । 

 

नटरवरलालले तीनपटक ताजमहल, दुईपटक लाल किल्ला र एकपटक राष्ट्रपति भवन बेचे । यतिमात्र नभइ उनले एकपटक त भारतको संसद भवन पनि बेचिदिए । उनी भेष बदल्न माहिर थिए । उनले एक पटक राष्ट्रपति राजेन्द्र प्रसादको भर्जी हस्ताक्षर गरेर ठगी गरेका थिए । ‘नटवरलाल’ उनको १२ नाममध्येको एक नाम हो । भनिन्छ नटवरलालले धिरुभाइ अम्बानी, रतन टाटा, बिर्ला लगायत धेरै सरकारी अधिकारीहरुलाई समेत ठगेका थिए । नटवरलाल पक्राउ पनि परे । उनलाई ११३ वर्षको जेल सजाय पनि भयो । उनविरुद्ध आठ राज्यमा १०० भन्दा बढी मुद्धा दर्ता भएका थिए । 

 

उनी आफ्नो जीवनकालमा ९ पटकसम्म पक्राउ परे । 

 

तर, कुनै न कुनै उपाय लगाएर उनी प्रहरीको नियन्त्रणबाट उम्किन सफल रहे । 

 

अन्तिम पटक जब उनी प्रहरी नियन्त्रणबाट भागे तब उनको उमेर ८४ वर्षको थियो । 

 

२४ जुलाई १९९६ मा उनलाई कानपुर जेलबाट एम्स अस्पताल उपचारका लागि ल्याइएको थियो । नयाँ दिल्ली स्थिति रेल्वे स्टेशनमा प्रहरीलाई झुक्काएर उनी भाग्न सफल भएका थिए । यो घटना पश्चात उनलाई कसैले पनि देखेन । नटवरलालले मरेको नाटक गरेर मानिसलाई ठग्ने काम गरे । 

 

सन् २००९ मा उनको वकिलले नटवरलालविरुद्ध लगाइएका आरोपहरु खारेज गर्न याचिका दायर गरेका थिए । २५ जुलाई २००९ मा नटवरलाल मरिसकेको उनले दाबी गरेका थिए ।

 

तर, नटवरलालको भाइका अनुसार उनको मृत्यु १३ वर्ष अगाडि १९९६ मा भइसकेको थियो । उनको जीवनबाट प्रेरित रहेर बलिउडमा मिस्टर नटवरलाल फिल्म पनि बनेको थियो जुन सफल पनि रह्यो ।

 

पछिल्लो समय इमरान हास्मीको राजा नटवरलाल फिल्म पनि बनेको थियो । नटवरलालबारे दुई खाले विचारहरु छन् । उनी एक दयावान व्यक्ति भएको र समाजको सेवा गर्थे भन्ने एकथरीको भनाइ छ भने अर्काथरी उनी अपराधी भएको बताउँछन् । 

  

 


थप समाचार

जोकोभिच एटीपी फाइनल्सको फाइनलमा

  • 9 minutes ago
जोकोभिच एटीपी फाइनल्सको फाइनलमा

काठमाडौं । सर्वियाका खेलाडी नोभाक जोकोभिच वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सको फाइनलमा पुगेका छन् । लण्डनमा भएको खेलमा जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गरेका हुन् ।

भुवन केसीको फेक अकाउन्टबाट डेटिङ प्रस्ताव, आयुषमानकोबाट अश्लील कुराकानी

  • 20 minutes ago
भुवन केसीको फेक अकाउन्टबाट डेटिङ प्रस्ताव, आयुषमानकोबाट अश्लील कुराकानी

काठमाडौं । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए ।

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

  • 41 minutes ago
सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

काठमाडौं । सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

आइतबार जन्मेका व्यक्तिको स्वभाव कस्तो ?

आइतबार जन्मेका व्यक्तिको स्वभाव कस्तो ?

हरेक मानिसको स्वभाव फरक–फरक रहेको हुन्छ । यस कुरालाई जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ भन्ने विश्वास छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।