IIMS College

ISMT

HUB Education

नटवरलाल ठग अचेल दन्त्यकथामा बाँच्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । उनको नाम नै छ काफी । ठगको पर्यावाची नाम हो नटवरलाल । उनको नामलाई लिएर विभिन्न उखान समेत दिने गरिन्छ । 

 

नब्बेको दशकमा एकपछि अर्को गर्दै ठगीको समाचारहरु बाहिर आउन थाले । यसको रहस्य बाहिर आएपछि नटवरलाल एकाएक चर्चित बने । 

 

कानुनको नजरमा नटरवरलाल दोषी ठहरिए पनि उनी यसलाई समाज सेवा मान्थे । आफ्नो पूर्ण जीवनमा उनले करोडौँ रुपैयाँ ठगे । 

 

उनले मानिसहरुलाई झुट बोलेर पैसा लिने गर्थे । उनी भन्थे, ‘मेरो कुरा विश्वास गरेर उनीहरु मलाई पैसा दिन्थे । यसमा मेरो के दोष ।’

 

नटवरलाले दाबी गर्दै भनेका थिए, ‘यदी सरकारले अनुमति दिएमा ठगीकै भरमा म देशको विदेशी ऋण तिरिदिनेछु ।’

 

ठगीकै कारण उनी मोस्टवान्टेड सुचीमा रहेका उनले विभिन्न सरकारी अड्डा, कार्यालयलाई धेरैपटक बेचे । 

 

नटरवरलालको असली नाम मिथिलेस कुमार श्रीवास्तव थियो । उनी पेशाले एक वकिल थिए । मिडिया रिपोर्टका अनुसार उनको जन्म भारतको सिवान जिल्लामा भएको थियो । 

 

आज उक्त गाउँमा नटवरलाललाई दन्त्यकथामा मानिसहरु सम्झने गर्छन् । उनले भारतका कैयौ ऐतिहासिक धरोहरहरु बेचे । त्यो पनि धेरै पटक । 

 

नटरवरलालले तीनपटक ताजमहल, दुईपटक लाल किल्ला र एकपटक राष्ट्रपति भवन बेचे । यतिमात्र नभइ उनले एकपटक त भारतको संसद भवन पनि बेचिदिए । 

 

उनी भेष बदल्न माहिर थिए । उनले एक पटक राष्ट्रपति राजेन्द्र प्रसादको फर्जी हस्ताक्षर गरेर ठगी गरेका थिए । ‘नटवरलाल’ उनको १२ नाममध्येको एक नाम हो । 

 

भनिन्छ, नटवरलालले धिरुभाइ अम्बानी, रतन टाटा, बिर्ला लगायत धेरै सरकारी अधिकारीहरुलाई समेत ठगेका थिए । 

 

नटवरलाल पक्राउ पनि परे । उनलाई ११३ वर्षको जेल सजाय पनि भयो । उनविरुद्ध आठ राज्यमा १०० भन्दा बढी मुद्धा दर्ता भएका थिए । 

 

उनी आफ्नो जीवनकालमा ९ पटकसम्म पक्राउ परे । तर, कुनै न कुनै उपाय लगाएर उनी प्रहरीको नियन्त्रणबाट उम्किन सफल रहे । 

 

अन्तिम पटक जब उनी प्रहरी नियन्त्रणबाट भागे तब उनको उमेर ८४ वर्षको थियो । ४ जुलाई १९९६ मा उनलाई कानपुर जेलबाट एम्स अस्पताल उपचारका लागि ल्याइएको थियो । 

 

नयाँ दिल्ली स्थिति रेल्वे स्टेशनमा प्रहरीलाई झुक्काएर उनी भाग्न सफल भएका थिए । यो घटना पश्चात उनलाई कसैले पनि देखेन । नटवरलालले मरेको नाटक गरेर मानिसलाई ठग्ने काम गरे । 

 

सन् २००९ मा उनको वकिलले नटवरलालविरुद्ध लगाइएका आरोपहरु खारेज गर्न याचिका दायर गरेका थिए । २५ जुलाई २००९ मा नटवरलाल मरिसकेको उनले दाबी गरेका थिए ।

 

तर, नटवरलालको भाइका अनुसार उनको मृत्यु १३ वर्ष अगाडि १९९६ मा भइसकेको थियो । उनको जीवनबाट प्रेरित रहेर बलिउडमा मिस्टर नटवरलाल फिल्म पनि बनेको थियो जुन सफल पनि रह्यो ।

 

पछिल्लो समय इमरान हास्मीको राजा नटवरलाल फिल्म पनि बनेको थियो । नटवरलालबारे दुई खाले विचारहरु छन् । 

 

उनी एक दयावान व्यक्ति भएको र समाजको सेवा गर्थे भन्ने एकथरीको भनाइ छ भने अर्काथरी उनी अपराधी भएको बताउँछन् ।


थप समाचार

नक्कली बोइफ्रेन्ड !

  • 2 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 13 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

  • 20 minutes ago
पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

नक्कली बोइफ्रेन्ड !

नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।