नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेसन अप्रिल १४ मा

  • बुधबार, १३ चैत, २०७५
  • 1 year ago
  • युके
गत वर्ष अगस्टमा अल्डरसटमा सम्पन्न पहिलो भेला

 

लण्डन । नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेसन आउँदो अप्रिल १४ तारिखमा हुने भएको छ । नेपाली नयाँ वर्षकै दिन पारेर समाजले आफ्नो पहिलो गेट टुगेदरसंगै अधिवेसन गर्न लागेको हो । 

 

अल्डरसटको एम्पायर हलमा हुने अधिवेसनले संस्थाको पहिलो कार्यसमिति चयन गर्नेछ । जसको कार्यकाल २ वर्षको रहनेछ । नयाँ कार्यसमिति चयनको प्रयोजनका लागि संस्थाका सल्लाहकार होम शर्मालाई निर्वाचन समिति संयोजक तोकिएको छ । 

 

अधिवेसनमा संस्थाको विधान समेत प्रस्तुत गरिने र सहभागीहरुको छलफलपछि पारित गर्ने कार्यक्रम पनि छ । 

 

नेपाल संघियतामा जाँदा नवलपरासी जिल्लाबाट छुट्टिएर नयाँ जिल्ला नवलपुर बनेपछि सो जिल्लाबाट बेलायतमा आएकाहरु पनि संगठित बनेका थिए । 

 

गत वर्ष अगस्टमा बेलायतबासी नवलपुरेहरुको अल्डरसटमा सम्पन्न भेलाले ईन्द्रजित सारुको अध्यक्षतामा संस्थाको तदर्थ समिति गठन गरेको थियो । 

 

 

एक वर्षभित्रै अधिवेसन गराएर कार्यसमिति चयन गर्ने कार्यक्रमअन्तर्गत अहिले अधिवेसन हुन लागेको हो । 

 

नवलपुर जिल्लामा स्थायी घर भई हाल बेलायतमा बस्नेहरुको संख्या १ हजार बढि रहेको अनुमान छ । संस्थाको पहिलो अधिवेसनमा करिब ५ सय जनालाई सहभागी गराउने तयारी भइरहेको संस्थाका लण्डन संयोजक प्रकाश कंडेलले जनाएका छन् । 

 

समाजका अध्यक्ष ईन्द्रजित सारुले पहिलो अधिवेसनमा सहभागी हुन बेलायतबासी समस्त नवलपुरेहरुलाई आव्हान गरेका छन् । 

 


थप समाचार

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 1 minute ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 16 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो

फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

  • 37 minutes ago
फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

एजेन्सी । अमेरिकी चर्चित टेलिभिजन पर्सनालिटी काइली जेनरलाई लिएर नयाँ विवाद सिर्जना भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।