बेलायतबासी नवलपुरेहरुको संस्था 'नवलपुर समाज यूके' स्थापना

  • सोमबार, २१ साउन, २०७५
  • 8 months ago
  • युके

लण्डन । देश संघीयतामा जाने क्रममा नवलपरासीबाट छुटिट्एर बनेको नयां जिल्ला नवलपुरबाट बेलायतमा आएकाहरु पनि संगठित बनेका छन् । 

 

आइतबार अल्डरसटमा सम्पन्न बेलायतका नवलपुरेहरुको पहिलो भेलाले नवलपुर समाज यूके स्थापनाको घोषणा गरेको छ ।

 

भेलाले इन्द्रजित सारु मगरको नेतृत्वमा एक तदर्थ समिति र सल्लाहकार समिति समेत गठन गरेको छ । 

 

समितिमा इन्द्रजित सारु मगर सभापति र टिकाराम सापकोटा सचिवको जिम्मेवारीमा छन् भने सदस्यहरुमा महेश देवकोटा , प्रकाश कंडेल, सुजाता कंडेल, एलबी गुरुंग, युवराज राना, मिना सापकोटा, विष्णु चालिसे, माधव रेग्मी, नारायण कडेल (रेडिंग), गंगा सापकोटा, मान ठाडा मगर, रामचन्द्र सुवेदी, चित्र राना र देवेन्द्र थापा छन् । 

 

त्यस्तै, समाजको सल्लाहकारमा डा प्रेम आले, होम शर्मा, थर्क राना, सन्तोष रेग्मी र नारायण कंडेल मनोनित भएका छन् । 

 

भेलामा बेलायतका विभिन्न क्षेत्रबाट करिब २ सयको संख्यामा नवलपुरेहरु भेला भएका थिए । 

 

नव स्थापित संस्थाले बेलायतमा रहेका नवलपुरेहरुलाई एकबद्ध गर्दै गृहजिल्ला र नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्ने लक्ष्य लिएको समाजका अध्यक्ष ईन्द्रजित सारु मगरले जनाए । 

 

(तस्बिर स्रोत : लाइक नेपाल )

 

 

 

 

 


थप समाचार

भारतमा बनेकाे न्यून चापीय रेखाका कारण देशभरकाे माैसम बदली

  • 10 minutes ago
भारतमा बनेकाे न्यून चापीय रेखाका कारण देशभरकाे माैसम बदली

काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

  • 15 minutes ago
तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।

काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

  • 25 minutes ago
काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली काँग्रेसको लोकतन्त्रिक छविमाथि प्रश्न उठाएका छन् । पार्टी स्थापना दिवसको ७० औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।