एनसेलको कर असुल्न सरकारले थाल्यो नयाँ पक्रिया

  • बुधबार, ३० साउन, २०७५
  • 1 month ago
  • अर्थ

काठमाडौँ । सरकारले एनसेलको सेयर बिक्रीपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनोट थालेको छ ।

 

एनसेल बिक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरीक्षण गरी त्यसबाट निस्कने मूल्यमा सरकारले कर लगाउने भएको हो । सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाइसकेको छ ।

 

व्यवस्थापिका संसदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य ठूला कम्पनीको समेत लेखापरीक्षण गरी कर लगाउने तयारी भएको बताए । एनसेल बिक्रीपछि झन्डै ४० अर्ब रुपैयाँ कर असुली हुन बाँकी छ ।

 

‘एनसेललाई समयमा कर असुल गर्न नसक्दा उन्मुक्ति पाउने अवसर बन्यो,’ उनले भने, ‘एनसेललगायत ठूला कम्पनीहरूको डियु डिलिजेन्स अडिट (डीडीए) गरी करको सम्पूर्ण दायित्व यकिन गरिने छ ।’

 

लेखापरीक्षण गर्न ठूला करदाता कार्यालयले परामर्शदाताहरूमाझ प्रस्ताव आहवान गरिसकेको छ । ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माका अनुसार राष्ट्रियस्तरको प्रस्ताव आहवान गरे पनि कसैको निवेदन परेन ।

 

‘अब अन्तर्राष्ट्रियस्तरका परमर्शदाता सहभागी हुन मिल्ने सूचना प्रकाशित गर्दैछौं,’ शर्माले भने । सार्वजनिक खरिद ऐनले स्वदेशी परामर्शदाताहरूबाट सम्भव नभए मात्रै विदेशी परामर्शदाता लिने व्यवस्था गरेको छ । 

 

यो कानुनी प्रक्रिया पूरा गर्न स्वदेशी आउने सम्भावना नभए पनि राष्ट्रियस्तरको सूचना साउन पहिलो साता सार्वजनिक गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ । 


थप समाचार

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

  • 43 minutes ago
'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएक

गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

  • 47 minutes ago
गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

धनगढी । प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकामा तोकेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।

हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

  • 1 hour ago
हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

पाेखरा । १० वर्षिय बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले न्यायको माग गर्दै बृहत विरोध निकालेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने