नेविसङ्घ विवादको टुङ्गो आज लाग्ने

काठमाडौं । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आज टुङ्गो लाग्ने भएको छ । 

 

नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निणर्य गरेको हो । 

 

“आइतबार २ बजे बस्ने बैठक अगाडि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउनेछ”, बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने । 

 

शनिबार दिउँसो १ बजे बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै औपचारिकरुपमा शुरु भएको थियो । पार्टीका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसङ्घका नेताहरुले नाराबाजी गरेका थिए । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आइतबार अपराह्न २ बजे बस्नेछ । 


थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 12 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 29 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 30 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।