नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा, नयाँ तदर्थ समिति बनाउने तयारी

फाइल फाेटाे

काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । 

 

अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । 

 

सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजीनामा स्वीकृत गरेका छन् । 

 

सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजीनामा दिएका हुन् । 

 

सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो । 

 

यस अघि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सङ्घको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । 

 

अध्यक्ष महरको राजीनामा स्वीकृत भएसँगै संघको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ । 


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 1 hour ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।