Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेल‘केपी ओली कप’ फुटबल फागुन ११ देखि हुने, विजेताले ११ लाख पाउने

‘केपी ओली कप’ फुटबल फागुन ११ देखि हुने, विजेताले ११ लाख पाउने


काठमाडौँ । केपी ओली कप २०८० फुटबल प्रतियोगिता यही ११ फागुनदेखि आयोजना हुने भएको छ । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

११ फागुनमा उद्घाटन हुने उक्त प्रतियोगिताको फाइनल खेल भने १९ फागुनमा हुने जनाइएको छ । युवा संघका अनुसार प्रतियोगिताअन्तर्गत फाइनलबाहेकका प्रतियोगिताहरू एन्फा टेक्निकल सेन्टर च्यासलमा खेलाइनेछ भने फाइनल खेल दशरथ रंगशाला त्रिपुरेश्वरमा खेलाइने छ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन तथा विदेशी टिमलाई समेत सहभागी गराइने युवा संघले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख, द्वितीय हुनेलाई ५ लाख नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार प्रदान गरिने छ ।

त्यस्तै ‘म्यान अफ दी म्याच’लाई १५ हजार र हरेक खेल विजेता टिमला २५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT