विश्व आदिवासी दिवसमा गोर्खा आन्दोलनका हस्तीहरु सम्मानित हुने

  • शनिबार, १२ साउन, २०७५
  • 8 months ago
  • युके

लन्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले गोर्खा आन्दोलनका हस्तीहरुलाई बिशेष सम्मान गर्ने भएको छ ।

 

आगामी २४औं विश्व आदिवासी दिवसको अवसर पारेर प्रदान गरिने उक्त सम्मान बिगत लामो समयदेखि ब्रिटिश गोर्खा सैनिकहरुको उचित न्याय, समानता र अधिकारका लागि आफ्नो जीवनको महत्वपूर्ण हिस्सा सुम्पने तीन जना नेताहरुले पाउने भएका छन् । 

 

महासंघका महासचिब खुशी लिम्बुका अनुसार नेफिन यूकेले यस बर्षदेखि लगातार रुपमा समाजका बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । तिमध्ये शिक्षा, खेलकुद, कला, साहित्य र समाजसेवामा सफलता प्राप्त गर्ने ब्यक्ति वा संस्थाहरु प्राथमिकतामा पर्नेछन् । सोही उद्देश्य अनुरुप यस बर्ष सम्मानित हुनेहरुमा गोर्खा न्यायको शंखघोष गर्ने गेसोदेखि लिएर उक्त आन्दोलनको उजागर गर्ने गोर्खा सत्याग्रहका नेताहरु रहेका छन् । 

 

महासंघका अध्यक्ष जंग सुनुवार र बरिष्ठ उपाध्यक्ष नरेश काङमाङ राई, जो दुबै पूर्ब गोर्खा सैनिक हुन्, सम्मिलित छनौट समितिले प्रस्तुत गरेका नामहरुलाई महासंघको गत जुन ३ मा बसेको बैठकले अनुमोदन गरेको थियो ।

 

नेपालीपत्रसंग टेलिफोनमार्फत कुरा गर्दै महासंघका महासचिब लिम्बुले भने, "गोर्खा आन्दोलनलाई यहाँसम्म आइपुग्न केवल तीन जनाको मात्रै हात रहेको पटक्कै होइन" । उनले भने, “तर एकै पटक धेरैजनालाई सम्मान गरिंदा 'सम्मान' शब्दप्रति पनि अन्याय नहोस् भनेर नेफिन यूकेले यस पटक तीन जनालाई मात्र प्रदान गर्न लागेको हो ।"

 

लिम्बुका अनुसार महासंघले बार्षिक रुपमा प्रदान गर्ने यो सम्मानलाई भबिष्यमा "नेफिन यूके बर्ष पुरस्कार" मा परिणत गर्ने र त्यसका लागि प्रायोजकहरुको खोज गरी आवश्यक पुरस्कार राशीको स्थापना गर्ने महासंघको लक्ष रहेको छ । 

 

नेफिन यूकेले आफ्ना सहयोगीहरु फोनिज यूके र नेपाल आदिवासी जनजाति महिला महासंघसंगको संयुक्त आयोजनामा गर्न लागेको २४औं विश्व आदिवासी दिवसमा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीलाई प्रमुख अतिथि र राजनीतिक चिन्तक तथा बिश्लेषक खगेन्द्र संग्रौलालाई बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको छ । त्यस्तै नेपालबाट आएका राष्ट्रिय कलाकारहरु ब्रबिम शेर्मा, मीना लामा र जया लक्ष्मी छन्त्यालले कार्यक्रमको बीचबीचमा आफ्ना सांगीतिक प्रस्तुतिहरु पस्किने छन् । 

 

बेलायतमा रहेका एघार वटा जातीय संस्थाहरुको छाता संगठन नेफिन यूकेले विश्व आदिवासी दिवस लगातार रुपमा मनाउँदै आएको यो नवौं पटक हो ।

 


थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 3 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 3 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 3 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।