IIMS College

ISMT

HUB Education

प्रतिबन्धित नेकपा निकट रेड युथफोर्सका अध्यक्ष हिमशिखर पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ ।

 

चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । 

 

उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

 

विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शङ्कास्पद शिखरलाई प्रहरीले जाँच सुरु गरेपछि उनले प्रहरीसँग वादविवाद गरेका थिए । 

 

विवादको क्रममा उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शिखर विप्लवका कार्यकर्ता ठहर भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । 

 

उनी युथफोर्सको अध्यक्षको साथै युवा सङ्गठन भेरी कर्णाली ब्यूरोको सदस्यसमेत भएको जनाइएको छ ।

 

हाल सुर्खेत प्रहरीले विप्लव समूहका गतिविधिका साथै लागुऔषधलगायतका सामाजिक अपराधको तीव्र निगरानी गरिरहेको छ । (रासस)


थप समाचार

‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

  • 31 seconds ago
‘मखमली मखमली’को फस्ट लुक्स रिलिज

काठमाडौँ । चलचित्र ‘मखमली मखमली’ आगमी १३ मंसिरबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सको रुपमा यसको २ ओटा पोष्टर रिलिज गरिएको छ । यो चलचित्रलाई सावित्रा चिलुवालले निर्माण ग

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

  • 16 minutes ago
छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

  • 23 minutes ago
अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।