सरकारले पत्ता नलगाएकाे निर्मला पन्तकाे हत्यारा विप्लव नेकपाले पत्ता लगाउने

काठमाडौँ । सरकारले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पीडित परिवारलाई न्याय दिलाउने उद्घोष गरेको छ ।

 

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले कञ्चनपुर हत्याकाण्ड भएको लामो समय बितिसक्दा समेत पन्त परिवारले न्याय नपाएकोले अब आफ्नो पार्टी हत्यारा पत्ता लगाई कारबाही गर्ने उद्घोष गरेका हुन् ।

 

सर्वोच्चको आदेशबाट मंगलबार साँझ रिहा भएको प्रवक्ता प्रकाण्डले घटना घटेको तीन महिना पुग्न लाग्दासमेत राज्यले दोषी पत्ता लगाउन नसकेको भन्दै पत्रकारहरू सामु आक्रोश पोखे ।

 

‘नेपालको राज्य कतिसम्म निकम्मा र असफल छ भन्ने कुरा निर्मला पन्तको परिवारले अहिलेसम्म न्याय नपाउने अवस्थाले देखाइसक्यो’, प्रकाण्डले पत्रकारहरूसँग भने ।

 

ओली सरकार नै दोषीहरूलाई संरक्षण गर्न लाग्दा समयमा अपराधी पत्ता लाग्न नसकेको आरोप लगाउँदै प्रकाण्डले भने, ‘हामी निर्मलाका हत्यारालार्इ पत्ता लगाएर कार्वाही गरिछाड्छौं र उनको परिवारलार्इ न्याय दिलाइछाड्ने छौं ।’


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 8 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 9 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 9 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।